सांस्कृतिक आलोकमा ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासको विवेचना (Analysis of the novel 'Aviral Baghydya Indravati' in the cultural light)

Authors

  • विष्णुप्रभा उपाध्याय नेपाली विभाग, वाल्मीकि विद्यापीठ, नेपाल संस्कृत विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/nutaj.v9i1-2.53863

Keywords:

सामन्ती, निम्नमध्यम वर्ग, जीवनपद्धति, वर्गस्वार्थ, सङ्घर्ष, Feudalism, lower middle class, way of life, classism, struggle

Abstract

प्रस्तुत शोधलेख रमेश विकलद्वारा लेखिएको ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यास (२०४०) मा चित्रित सांस्कृतिक पक्षसँग सम्बद्ध छ । यसमा इन्दावती नदी किनाराका समुदाय र विशेष गरी माझी जातिको सामाजिकस्थान, रहनसहन, भेषभूषा, आम्दानीको स्रोत, अधिकार उपयोग जस्ता विविध पक्षको अध्ययन र विश्लेषण गरी त्यहाँको सांस्कृतिक पक्ष केलाउने प्रयत्न गरिएको छ । संस्कृति परम्परादेखि मानव व्यवहारबाटै निर्मित हुँदै आएको पाइन्छ । संस्कृतिमा परम्परादेखि प्रचलित मूल्य–मान्यताहरूका साथै बदलिँदो परिवेशसँगै सृजित नवीन व्यवहारसमेत थपिँदै जान्छन् । यस लेखमा ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासमा प्रस्तुत विषयवस्तुमा आधारित भएर राजनीतिक शक्तिका आडमा उन्मत्त सामन्ती वर्गको क्रूर र आततायी व्यवहार सहँदै आएका निर्धाहरू अन्यायकाविरुद्धमा आवाज उठाउँदै  आफ्नो अधिकार प्राप्त गर्ने हिम्मत देखाएको अवस्थाले सामन्तको अधोगति र निर्धाहरू सङ्गठित  भई सशक्त हुँदै आएको सङ्क्रमणकालीन अवस्थामा देखिने विभिन्न सांस्कृतिक रूपहरूको खोजी गरी समयको गतिसँगैसांस्कृतिक स्वरूप पनि परिवर्तन हुँदै जान्छ भन्ने निष्कर्ष  निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
73
PDF
28

Downloads

Published

2022-12-31

How to Cite

उपाध्याय व. (2022). सांस्कृतिक आलोकमा ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासको विवेचना (Analysis of the novel ’Aviral Baghydya Indravati’ in the cultural light). NUTA Journal, 9(1-2), 183–191. https://doi.org/10.3126/nutaj.v9i1-2.53863

Issue

Section

Articles