भाषिक परिवर्तनको अध्ययन (A study of linguistic change)

Authors

  • दावा शेर्पा नेपाली शिक्षा विभाग, महेन्द्ररत्न क्याम्पस, त्रिभुवन विश्वविद्यालय नेपाल

Keywords:

समीभवन, अर्थसङ्कोच, घोषीभवन, ग्रिमनियम, अर्थान्तर । (Samibhavana, Arthasankocha, Ghoshibhavana, Grimnium, Arthasantara)

Abstract

संसारका कुनै पनि जीवित भाषाका भाषिक ध्वनि, शब्द, पद, वाक्य र अर्थमा परिवर्तन हुन्छ । ग्रिम नियमअनुसार मूल भारोपली भाषाका घोष अल्पप्राण व्यञ्जन ग, द, ब जर्मनिक भाषामा अघोष अल्पप्राण क, त, प, मा घोष महाप्राण घ, ध, भ जर्मनिक भाषाका ग, द, ब, मा अघोष अल्पप्राण क, त, प जर्मनिक भाषाका सङ्घर्षी अघोष महाप्राण ख, (ह), थ, फ र घ, ध, भ,मा परिवर्तन हुन्छ । भाषिक ध्वनि परिवर्तन समीभवन, विषमीभवन, विपर्यास, आगम र लोप प्रक्रियाबाट हुन्छ । प्रगत समीभवनः संस्कृतमा अग्नि > प्राकृतमा अग्गो > आगो, भई ग् न्, मा समीभूत भएको छ । परागत समीभवनः भक्त > प्राकृतमा भत्त > भात, पारस्परिक समीभवनः अद्य > प्राकृतमा अज्ज (आज) भई ध्वनि परिवर्तन भएका छन् । विषमीभवनः पिशाच > पिचास, विपर्यासः विरामी > विमारी । आगमः स्कुल > इस्कुल । त्यसैगरी पहिले छोरीलाई ‘चेली’ भनिन्थ्यो तर आजभोलि दिदी, बहिनी र छोरीलाई ‘चेली’ भन्नु अर्थविस्तार हो । पहिले ‘मरिच’ शब्दले पिरो पदार्थलाई जनाउँथ्यो तर हाल आएर खास पिरो पदार्थ मात्र जनाउनु अर्थसङ्कोच हो भने सुखिमवासीको अर्थ नेपालबाट सुखिम वा सिक्किम गएर बस्ने हुन्थ्यो तर हाल आएर जायजेथा नभएको सुकुमवासी हुनु अर्थान्तर हो । आइन्छ > ‘जाइन्छ’ > ‘गइन्छ’ हुनु व्याकरणिक परिवर्तन वा सादृश्य हो । लोपः उपाध्याय > पाध्या । घोषीभवनः काक > काग, । अघोषीभवनः सबै > सपै, । महाप्राणभवनः कर्पार > खप्पर, र अल्पप्राणभवनः बुढो > बुडो, आदि ।

Abstract
230
PDF
0

Downloads

Published

2022-12-31

How to Cite

भाषिक परिवर्तनको अध्ययन (A study of linguistic change). (2022). NUTA Journal, 9(1-2), 161-169. https://doi.org/10.3126/nutaj.v9i1-2.53861

Issue

Section

Articles

How to Cite

भाषिक परिवर्तनको अध्ययन (A study of linguistic change). (2022). NUTA Journal, 9(1-2), 161-169. https://doi.org/10.3126/nutaj.v9i1-2.53861