‘रमन क्रिस्तान भयो ?’ कथामा संसक्ति व्यवस्था (Sansakti arrangement in the story 'Raman became a Christian?')
DOI:
https://doi.org/10.3126/nutaj.v9i1-2.53856Keywords:
सङ्कथन, पश्चसन्दर्भक, प्रतिस्थापन, संसक्ति, सन्दर्भन (synthesis, retrospection, substitution, synthesis, reference)Abstract
प्रस्तुत लेख सङ्कथन विश्लेषणअन्तर्गत संसक्ति व्यवस्थामा केन्द्रित छ । अमेरिकाली भाषा वैज्ञानिक जेलिग ह्यारिसले सर्वप्रथम सङ्कथनलाई भाषा विज्ञानका क्षेत्रमा प्रयोग गरेको पाइन्छ । संसक्ति व्यवस्था सङ्कथन विश्लेषणको महŒवपूर्ण आधार हो । रमन क्रिस्तान भयो ? कथा प्रदीप नेपालले लेखेका हुन् । धर्म परिवर्तनले पनि जातीय छुवाछुतको संस्कारलाई रोक्न नसकेको विषयवस्तु रहेको यस कथामा मानव धर्म नै सर्वोपरि हुने भाव व्यक्त गरिएको छ । प्रस्तुत लेखमा यस कथालाई संसक्ति व्यवस्थाका दृष्टिले अध्ययन गरिएको छ । यहाँ व्याकरणिक संसक्तिभित्र सन्दर्भन, प्रतिस्थापन, लोप र संयोजनलाई लिइएको छ भने कोशीय संसक्तिमा पुनरावृत्ति, समानार्थकता÷पर्यायता, विपरीतार्थकता, समावेशी–समावेश्य र अनेकार्थीलाई विश्लेषणको आधार मानिएको छ । उपर्युक्त आधारबाट विश्लेषण गर्दा संसक्ति व्यवस्थाका दृष्टिले प्रस्तुत कथा सशक्त र प्रभावकारी रहेको निष्कर्ष यस लेखमा निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Copyright by NUTA JOURNAL
All Rights Reserved. No part of this Journal may be reproduced in any form or by any electronic or mechanical means, including information storage and retrieval system without prior permission in writing from the publisher, except by a reviewer who may quote brief extracts while reviewing.