नेपाली उपन्यासमा रचना–प्रक्रियाको विषयकरण (Thematization of composition-process in Nepali)

Authors

  • जीवन श्रेष्ठ नेपाली विभाग, पाटन संयुक्त क्याम्पस, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/nutaj.v9i1-2.53855

Keywords:

उत्तरआधुनिकतावाद, औपन्यासिक संरचना, विधागत भ्रम, विधाभञ्जन (postmodernism, novel structure, genre confusion, genre fiction)

Abstract

उपन्यास लेखनका क्रममा गरिने समग्र क्रियाकलापहरूरचना–प्रक्रिया हुन् । परम्परागत रूपमा यसलाई उपन्यासबाहिरको सन्दर्भ वा रचना–गर्भ मानिएको भए पनि पछिल्लो समय यस प्रक्रियालाई नै विषय बनाएर उपन्यास रचना भएका छन् । यस समयमा उपन्यासकारमा उपन्यास सृजनाको मानसिकता निर्माण भएको प्रसङ्गसहित लेखन र प्रकाशनसम्मका समग्र प्रक्रियालाई नै विषय बनाएर लेख्ने प्रवृत्ति देखापरिरहेको छ । यसलाई उत्तरआधुनिकतावादी आख्यानको एउटा विशेषता मानिन्छ । रचना–प्रक्रियाको विषयकरणले आख्यानबाहिरको यथार्थलाई आख्यानभित्रको काल्पनिक संसारमा प्रस्तुत गरी यथार्थ र कल्पनाबिचको भेद मेटाउँछ तर यसबाट पाठकमा एक प्रकारको भ्रम सिर्जना हुन्छ, जसलाई उत्तरआधुनितावादले यथार्थका रूपमा स्वीकार गर्दछ । यसले परम्परागत औपन्यासिक संरचनालाई भञ्जन गरी नवीन आख्यान संरचना निर्माण गर्दछ ।नेपालीमा रचना गरिएका यस प्रवृत्तिका उपन्यासहरूको खोजी र गहन अध्ययन हुन सकेको छैन । यस सन्दर्भमा रचना–प्रक्रियाको विषयकरणको सैद्धान्तिक आधार के–कस्तो रहेको छ र नेपाली उपन्यासमा रचना–प्रक्रियाको अनुकरण कसरी गरिएको छ भन्ने समस्यामा केन्द्रित भएर यो अनुसन्धान गरिएको छ ।यसका लागि उपन्यासको विषयसम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा नेपाली उपन्यासको अध्ययन गरी रचना–प्रक्रियालाई विषयकरण गरिएका उपन्यासहरूको खोजी गरिएको छ ।ध्रुवचन्द्र गौतम र ध्रुव सापकोटाको ‘ज्यागा’(२०५०), राजेन्द्र पराजुलीको ‘अनायिका’(२०६३), टङ्कप्रसाद चौलागाईंको ‘कथाको खोजी’ (२०६४) र राजवको ‘बेकारीमा उपन्यास’(२०६९) आदि उपन्यासमा रचना–प्रक्रियाको विषयकरण गरिएको छ । यस प्रकारकाउपन्यासले नवीन विषयको खोजी गरी उपन्यासलाई काल्पनिक संसारबाट वास्तविक जीवनको यथार्थ संसारमा ल्याउने प्रयास गरेको छ । यसको परिणामस्वरूप यथार्थ र कल्पनाको भेद समाप्त भई भ्रम सिर्जना भएको छ । यस्तो लेखन उत्तरआधुनिकतावादी चिन्तनबाट प्रभावित भएकाले यसले उपन्यासको परम्परागत विधागत संरचना तथा अवधारणालाई भञ्जन गरी नवीन संरचना निर्माण पनि गरेको छ ।यसले नेपाली उपन्यासलाई प्रयोगको एउटा नयाँ मोडमा पु¥याएको भए पनि उपन्यास विधालाई जीवन र समाजको यथार्थबाट बिमुख गराएको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
58

Downloads

Published

2022-12-31

How to Cite

श्रेष्ठ ज. (2022). नेपाली उपन्यासमा रचना–प्रक्रियाको विषयकरण (Thematization of composition-process in Nepali). NUTA Journal, 9(1-2), 139–151. https://doi.org/10.3126/nutaj.v9i1-2.53855

Issue

Section

Articles