मोरङ्गिया थारू समुदायमा प्रथाजनित कानुन एवम् लोकविश्वास {Customary Law and Folk Beliefs in Morangia Tharu Community}

Authors

  • लोकनाथ Loknath दुलाल Dulal संस्कृति विभाग, पद्मकन्या बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय Department of Culture, Padmakanya Multiple campus, TU

DOI:

https://doi.org/10.3126/nutaj.v8i1-2.44120

Keywords:

प्रथाजनित कानुन, मोरङिया थारू, मोरङिया थारू, थारू जाति, लोकप्रथा, लोकविश्वास

Abstract

मोरङिया थारू जातिमा प्रचलनमा रहेको प्रथाजनित कानुन एवम् लोकविश्वाससँग सम्बन्धित विविध पक्षको विश्लेषण यो अनुसन्धानात्मक लेखमा गरिएको छ । प्रथाजनित कानुन एवम् लोकविश्वास अमूर्त संस्कृतिको सामाजिक व्यवहार, धार्मिकअनुष्ठान तथा चाडपर्व उत्सव विधाअन्तर्गत पर्ने एउटा सशक्त पक्ष हो । सम्बन्धित जातीय समुदायलाई अनुशासित तथा विशिष्ट बनाउनुका साथै दुनियामा पृथक् पहिचान स्थापित गर्न संस्कृतिको यो पक्षले उल्लेखनीय योगदान पु¥याउँदछ । समाजलाई अनुशासित, मर्यादित, प्रभावकारी, व्यवस्थित र नियमन गर्ने मोरङिया थारू समुदायका केही नीति, नियम आचारसंहिता छन् । ती अमूर्त सांस्कृतिक पक्ष यस जातिका प्रथाजनित कानुन हुन् । धर्म एवम् धार्मिक आस्थासँग जोडिएका यिनीहरूका केही मूल्यमान्यता पनि छन् । ती यो जातिका लोकविश्वास हुन् । समग्रमा थारू जातिमा उहिल्यैदेखि अभ्यास गरिँदैआएका प्रथाजनित कानुन र लोकविश्वासलाई यो समुदायको जातीय कानुन मान्नु पर्दछ । मोरङिया थारू जातिको समाज एवम् समुदायको नियन्त्रण र निर्देशन परम्परादेखि स्थापित प्रथाजनित कानुनका साथै लोकविश्वासले गर्दैआएको देखिन्छ । यो समुदायका प्रत्येक सदस्यले जातीय कानुन, लोकविश्वासका साथै व्यावहारिक आचारसंहिता पालनगर्नु आफ्नो धर्म, दायित्व र कर्तव्य ठान्दछन् । पालन गर्ने र जीवनपद्धति बनाउने मात्र होइन कतिपय अवस्थामा प्रथा, प्रथाजनित कानुन र लोकविश्वासले यो समुदायलाई  सङ्गठित एवम् एकीकृत बनाई राख्न समेत सकारात्मक भूमिका निर्वाह गरेको देखिन्छ । प्रथाजनित कानुन र लोकविश्वासले गरेको व्यवस्थाकै आधारमा कतिपय चाडपर्व तथा संस्कारहरू सम्पन्न गरिन्छन् । त्यसोहुँदा जातीय संस्कृतिको संरक्षण संवद्र्धनमा यसको योगदान उल्लेखनीय मानिन्छ । मोरङिया थारू जातिका प्रथाजनित कानुन के के हुन् ? केकस्ता प्रकृतिका छन् ? र मोरङिया थारू समुदायमा प्रचलनमा रहेका लोकविश्वास के के हुन् ? तिनीहरूको प्रकृति कस्तो छ ? भन्ने समस्याको सम्बोधन गर्ने उद्देश्यले यो लेख तयार पारिएको हो । यो अनुसन्धानमा प्राथमिक तथा द्वितीयक दुवै प्रकारका तथ्याङ्क एवम् सूचना विश्लेषण गरिएका छन् । यो विश्लेषणात्मक र विवरणात्मक ढाँचामा अनुबन्धित गुणात्मक अध्ययन हो ।

Downloads

Download data is not yet available.
Abstract
57
PDF
39

Downloads

Published

2021-12-31

How to Cite

दुलाल Dulal ल. L. (2021). मोरङ्गिया थारू समुदायमा प्रथाजनित कानुन एवम् लोकविश्वास {Customary Law and Folk Beliefs in Morangia Tharu Community}. NUTA Journal, 8(1-2), 185–199. https://doi.org/10.3126/nutaj.v8i1-2.44120

Issue

Section

Articles