मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}

Authors

  • प्रभा मरहट्टा नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/nutaj.v8i1-2.44119

Keywords:

अधीनस्थ, हेजेमोनाइज, सबाल्टर्न, सामन्ती, सीमान्तीयता

Abstract

प्रस्तुत अध्ययन ‘मसान’ नाटकमा केन्द्रित सबाल्टर्न अध्ययनसँग सम्बन्धित छ । सबाल्टर्न सम्बन्धी अवधारणा माक्र्सवादमा आधारित नवीन अवधारणा हो । यस लेखमा ‘मसान’ नाटकमा रहेका नारी सबाल्टर्नका के कस्ता स्थिति र विद्रोहहरू रहेका छन् भ्रन्ने प्राज्ञिक जिज्ञासा समाधानको खोजी गरिएको छ । सवाल्टर्नका पक्षमा वकालत गरिएको मसान नाटकले समग्र नारीहरूलाई चेतना थपिदिएको निष्कर्ष निकालिएको छ । नेपाल जस्तो विकासोन्मुख देशका नारीहरू नरकै मूल्य र परिधिभित्र रहन बाध्य देखिन्छन् । यस नाटकमार्फत गोपालप्रसाद रिमालले तत्कालीन परिवेशमा पनि नारी सबाल्टर्नलाई पुरुषसत्ताको कुसंस्कृति विरुद्ध लाग्न आह्वान गरेका छन् ।   नारीहरूलाई सामन्ती समाजको परिधि नाघेर अगाडि बढाउन तथा नारी मूल्य, अस्मिता र अस्तित्वको खोजी गर्न सिकाउने प्रयत्न ‘मसान’ नाटकमा गरिएको छ । यस अध्ययनमा पितृसत्तात्मक हैकमवादी तथा पुरुषवादी समाजिक कुसंस्कृति र धार्मिक कुसंस्कारले गर्दा आफूलाई परिवर्तनका पक्षमा उभ्याउन नकेका नारी निर्बल ठहरिनुमा पारिवारिक तथा सामाजिक कठघेरा नै दोषी रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
75
PDF
59

Downloads

Published

2021-12-31

How to Cite

मरहट्टा प. (2021). मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}. NUTA Journal, 8(1-2), 173–184. https://doi.org/10.3126/nutaj.v8i1-2.44119

Issue

Section

Articles