पाणिनीयव्याकरणका अनुदात्त धातुहरूको अध्ययन {A Study of the Anudatta Dhatas of the Paninya Grammar}
DOI:
https://doi.org/10.3126/nutaj.v8i1-2.44118Keywords:
अनुदात्त, अनुदात्तधातु, अनुप्रदान, उदात्त, स्वरितAbstract
अन्य वर्णको सहयोगविना पूर्ण उच्चरित हुने वर्णलाई स्वरवर्ण भनिन्छ । स्वरवर्णलाई स्वर, काल, स्थान, प्रयत्न र अनुप्रदान यी पाँच प्रकारमा विभाजन गरी अध्ययन गर्न सकिन्छ । स्वरका आधारमा उदात्तस्वर, अनुदात्तस्वर र स्वरितस्वर गरी तीन भागमा विभाजन गरिएको छ । पाणिनीय अष्टाध्यायी परम्पराका भाष्यग्रन्थहरूमा अनुदात्त धातुलाई सजिलोसँग पहिचान होस् भन्ने हेतुले गणना गरिएको पाइन्छ । ती धातु कुन–कुन हुन् ? किन गणना गरिएका हुन् ? गणना गर्नुको प्रयोजन के हो ? भन्ने जस्ता जिज्ञासाहरूलाई समाधान गर्न र जिज्ञासु पाठक एवं अध्ययनरत विद्यार्थीहरूलाई व्याकरणको यो जटिल विषय सहजरूपमा बोधगम्य होस् भन्नका लागि यो लेख तयार पारिएको हो । धातुमा पढिएका अच्, अनुनासिक र अननुनासिकका भेदले दुई प्रकारका हुन्छन् । त्यसमा पनि उदात्त, अनुदात्त र स्वरितका भेदले छ प्रकारका हुने भए । अतः उदात्त धातु, अनुदात्त धातु र स्वरित धातुलाई छुट्याउन जटिल हुन्छ । स्वरवर्ण उच्चारणको आधारले मात्र उदात्त धातु र अनुदात्त धातु छुट्याउन सकिन्छ । स्वरपहिचान वैदिक प्रक्रिया भएको हुँदा उदात्त र अनुदात्त धातु छुट्याउन सजिलो आधार छैन । अतः पाणिनीय परम्परामा उदात्त र अनुदात्त धातु छुट्याउन धातुपाठमा अनुदात्त धातुको परिगणना गरेका छन् । ती अनुदात्त धातुहरूलाई उदाहरणसहित देखाइएको छ । प्रस्तुत लेखमा स्वरको परिचय, अजन्त एकाच उदात्त र हलन्त अनुदात्त धातुहरूको गणना, धातुको अर्थ, प्रयोगको उदाहरण र प्रकरणगत धातुको स्रोतलाई व्याख्यान र तालिकाका माध्यमबाट प्रस्तुत गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Copyright by NUTA JOURNAL
All Rights Reserved. No part of this Journal may be reproduced in any form or by any electronic or mechanical means, including information storage and retrieval system without prior permission in writing from the publisher, except by a reviewer who may quote brief extracts while reviewing.