नेपाली शास्त्रीय सङ्गीतमा तण्डुकार घराना [Tandukar family in Nepali Classical Music]

Authors

  • सरोजनी तण्डुकार सङ्गीत विभाग, पद्मकन्या बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/nutaj.v7i1-2.40009

Keywords:

उस्ताद, काः खुस, घराना, तण्डुकार

Abstract

नेपाली शास्त्रीय सङ्गीतको इतिहासमा तण्डुकार घरानाको भूमिका ठुलो छ । सङ्गीत क्षेत्रमा तण्डुकारहरू उस्तादको नामले चिरपरिचित छन् । काठमाडौँको भाँेसिकोटोल उस्तादहरूको उद्गमस्थल हो । खुसः जातले पनि परिचित यिनीहरूको मुख्य पेसा कृषि हो । कामारूकामाक्षबाट रातो मच्छिन्द्रनाथ बोकेर ल्याउने रथचक्र ललित ज्यापुलाई पूर्वज मान्ने तण्डुकारहरू जात्रापर्व, पूजापाठ, गीत सङ्गीततर्फ पनि दखल भएकाले लिच्छवी राजाले लालमोहर लगाई काः बाजा बजाउने अधिकार तण्डुकारलाई दिएका थिए । यद्यपि मच्छिन्द्रनाथको जात्रामा तण्डुकारहरूले सर्वप्रथम रथ तानेर उक्त जात्राको शुभारम्भ गर्ने चलन रहेको छ । यसरी संस्कृति र सङ्गीतकलालाई आत्मसात् गरी अगाडि बढेकाले नै यिनीहरू शास्त्रीय सङ्गीतप्रति आकर्षित भएका देखिन्छन् । यसैको परिणामस्वरूप गरिमामय घराना कायम गर्न सफल भएका हुन् । प्राप्त जानकारीअनुसार वीरभीमसेन तण्डुकारदेखि उ. नारायणप्रसाद तण्डुकारसम्म पाँच÷छ पुस्ताको अध्ययनबाट देशभित्र मात्र नभई विदेशमा पनि तण्डुकारहरूले योगदान पु¥याएको बुझिन्छ । देश तथा विदेशबाट उनीहरूले प्राप्त गरेका पुरस्कार, प्रमाण पत्र, पदक, प्रशंसापत्र, गीत रेकर्ड नेपाली शास्त्रीय सङ्गीतको इतिहासमा तण्डुकार घरानाको भूमिका ठुलो छ । सङ्गीत क्षेत्रमा तण्डुकारहरू उस्तादको नामले चिरपरिचित छन् । काठमाडौँको भाँेसिकोटोल उस्तादहरूको उद्गमस्थल हो । खुसः जातले पनि परिचित यिनीहरूको मुख्य पेसा कृषि हो । कामारूकामाक्षबाट रातो मच्छिन्द्रनाथ बोकेर ल्याउने रथचक्र ललित ज्यापुलाई पूर्वज मान्ने तण्डुकारहरू जात्रापर्व, पूजापाठ, गीत सङ्गीततर्फ पनि दखल भएकाले लिच्छवी राजाले लालमोहर लगाई काः बाजा बजाउने अधिकार तण्डुकारलाई दिएका थिए । यो सन्दर्भलाई पुष्टि गर्ने प्रमाण हुन् । विद्यालय तथा विश्वविद्यालयमा हाल कार्यरत तथा अवकाशप्राप्त शिक्षक तथा प्राध्यापकहरू उत्पादनमा यो घरानाको ठुलो देन छ । यस घरानाले पु¥याएका योगदानका विषयमा वैज्ञानिक तथा व्यवस्थित ढङ्गले विश्लेषण गरी तयार पारिएका सामग्रीहरू आजसम्म पनि प्राप्त हुन सकेका छैनन् । यस विषयमा गहन अध्ययन अनुसन्धान भएको देखिँदैन । यो नै यस क्षेत्रको ठुलो समस्या हो । उक्त क्षेत्रको अध्ययन, चिनारी तथा समस्याको सम्बोधन गर्ने प्रमुख उद्देश्यका साथ तण्डुकारघराना र नेपाली शास्त्रीय सङ्गीत शीर्षकको यो लेख तयार गरिएको हो । [The Tandukar family has played a significant role in the history of Nepali classical music. In the field of music, Tandukars are well known as Ustads. Bhansikotol in Kathmandu is the birthplace of masters. Khus: Also known by caste, their main occupation is agriculture. The chariot wheel carrying the red Machhindranath from Kamarukamaksha is considered to be the ancestor of Lalit Jyapu. However, in Machhindranath's procession, it is customary for the Tandukars to be the first to start the procession by pulling a chariot. They seem to be attracted to classical music because of their culture and music. As a result, they have succeeded in maintaining a dignified family. According to the information received from Virbhimsen Tandukar. From the study of five to six generations up to Narayan Prasad Tandukar, it is understood that Tandukar has contributed not only in the country but also abroad. The Tandukar family has played a great role in the history of Nepali classical music. In the field of music, Tandukars are well known as Ustads. Bhansikotol in Kathmandu is the birthplace of masters. Khus: Also known by caste, their main occupation is agriculture. The chariot wheel carrying the red Machhindranath from Kamarukamaksha is considered to be the ancestor of Lalit Jyapu. This is proof of the context. The family has made a significant contribution to the production of retired teachers and professors currently working in schools and universities. Even today, materials that have been scientifically and systematically analyzed on the contribution of this family have not been available. There seems to be no in-depth study and research on this subject. This is the biggest problem of this region. This article titled Tandukar Gharana and Nepali Classical Music has been prepared with the main objective of studying the area, identifying it and addressing the problems.]

Downloads

Download data is not yet available.
Abstract
511
PDF
125

Downloads

Published

2020-12-31

How to Cite

तण्डुकार स. (2020). नेपाली शास्त्रीय सङ्गीतमा तण्डुकार घराना [Tandukar family in Nepali Classical Music]. NUTA Journal, 7(1-2), 149–160. https://doi.org/10.3126/nutaj.v7i1-2.40009

Issue

Section

Articles