नेपालमा ऋषिमुनिका आश्रम [Ashram under sage in Nepal]

Authors

  • लोकनाथ दुलाल संस्कृति विभाग, पद्मकन्या बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/nutaj.v7i1-2.40008

Keywords:

आश्रम, ऋषिमहर्षि, ज्ञानभूमि, तपोभूमि, , सिद्धभूमि, तपोभूमि

Abstract

नेपाल तीर्थहरूको मुहान मानिन्छ । यो पुण्यभूमिभित्र विश्वास गरिएका र ख्याति कमाएका धेरै तीर्थस्थलहरू छन् । जङ्गमतीर्थ, मानसतीर्थ र भौमतीर्थ यी त्रिविध तीर्थको कमी यहाँ छैन । यहाँ ऋषिमुनि तथा सिद्धहरूले लामो समयसम्म साधना गरेका, ज्ञान बाँँडेका एवम् सिद्धिप्राप्त गरेका तपोभूमि, ज्ञानभूमि, सिद्धभूमि, आश्रमजस्ता पुरातात्त्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक महŒवका स्थलहरू छन् । ती सबै तीर्थस्थलअन्तर्गत पर्ने सम्पदा हुन् । यो पुण्यभूमिमा सत्य, त्रेता र द्वापर युगमा ऋषिमहर्षिहरूले साधना गरी ज्ञान उत्पादन गरेको मानिन्छ । प्राप्त ज्ञानले दुनियाँलाई दीक्षित बनाए । ऋषिमहर्षि तथा सिद्धहरूले योगसाधना, ज्ञान तथा साहित्य सिर्जना, ज्ञान प्रवद्र्धन एवं वितरण गरेका तपोभूमि, ज्ञानभूमि, सिद्धभूमि, आश्रमहरूको सङ्ख्या यहाँ धेरै छन् भन्ने मान्यता रहेको छ ।कतिपय यस्ता स्थलहरू अझसम्म पनि प्रकाशित हुनसकेका छैनन् । नेपालमा दसवटा स्थान विश्वसम्पदा सूचीमा सूचीकृत छन् । दुर्भाग्यवश यी पुण्यभूमिमध्ये कुनै एक स्थान पनि विश्वसम्पदा सूचीमा सूचीकृत हुनसकेका छैनन् । ऋषिमुनि तथा सिद्धहरूसँग सम्बन्धित त्यस्ता स्थलहरू आज बेखबर छन् । अध्ययन अनुसन्धानकर्ताको ध्यान पर्याप्त रूपमा त्यसतर्फ पुग्न सकेको देखिँदैन । यसलाई शोधखोजको क्षेत्रमा देखिएको एउटा उल्लेख्य समस्या ठानिएको छ । अतः यो प्राज्ञिक खाँचो आंशिक रूपमा भए तापनि सम्बोधन तथा परिपूर्ति गर्ने उद्देश्यले यो लेख तयार पारिएको हो । यो अध्ययन प्राथमिक तथा द्वितीयक तथ्याङ्कमा आधारित छ ।यस लेखमा गुणात्मक प्रकृतिका तथ्याङ्कहरू सङ्कलन तथा विश्लेषण गरिएका छन् । अतः यो गुणात्मक ढाँचामा आधारित लेख हो । [Nepal is considered the source of pilgrimage. There are many places of pilgrimage that are believed and famous in this holy land. There is no shortage of these three types of pilgrimages, Jangmatirtha, Manasatirtha and Bhoumatirtha. There are places of archeological, historical, religious and cultural significance such as Tapobhumi, Gyanbhumi, Siddhabhumi and Ashram where sages and Siddhas practiced for a long time, shared knowledge and attained perfection. All of them are heritage sites. In this holy land, in the age of Satya, Treta and Dwapar, sages are believed to have produced knowledge through sadhana. The knowledge gained made the world initiated. It is believed that there are a large number of Tapobhumis, Gyanbhumis, Siddhabhumis and Ashrams where sages and sages have practiced yoga, created knowledge and literature, promoted and distributed knowledge. Some such sites have not been published yet. Ten places in Nepal are listed in the World Heritage List. Unfortunately, none of these holy places have been inscribed on the World Heritage List. Such sites associated with sages and sages are unknown today. The study researcher's attention does not seem to have reached enough. This is considered to be a significant problem in the field of research. Therefore, this article has been prepared for the purpose of addressing and fulfilling this academic need, even if only partially. This study is based on primary and secondary data. This article collects and analyzes data of qualitative nature. So this is an article based on a qualitative format.]

Downloads

Download data is not yet available.
Abstract
119
PDF
257

Downloads

Published

2020-12-31

How to Cite

दुलाल ल. (2020). नेपालमा ऋषिमुनिका आश्रम [Ashram under sage in Nepal]. NUTA Journal, 7(1-2), 134–148. https://doi.org/10.3126/nutaj.v7i1-2.40008

Issue

Section

Articles