वक्रोक्ति सिद्धान्त र शैलीविज्ञानको तुलनात्मक अध्ययन [A Comparative Study of Irony Theory and Stylistics]

Authors

  • अङ्गदमणि गौतम नेपाली विभाग, त्रि–चन्द्र बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, नेपाल

Keywords:

अप्रस्तुत योजना, चयन, वर्णविन्यासवक्रता, वाक्यवक्रता, विचलन, समानान्तरता ।

Abstract

वक्रोक्ति सिद्धान्त पूर्वीय साहित्य सिद्धान्तमध्ये एक समन्वयवादी एवं वस्तुनिष्ठ सिद्धान्त हो । यसका प्रवर्तक आचार्य कुन्तक हुन् र विस्तारक पनि उनी मात्र देखिन्छन् । शैलीविज्ञानको उदय सस्युरका नवीन भाषिक चिन्तनका माध्यमबाट पश्चिमी जगत्मा भएको र यसको विस्तार विभिन्न देशमा विविध सम्प्रदाय एवं विद्वान्बाट भएको देखिन्छ । वक्रोक्ति संस्कृत भाषाका सन्दर्भमा जन्मेको र शैलीविज्ञान पश्चिमी भाषाका सन्दर्भमा जन्मेको सिद्धान्त भए पनि वस्तुगत विश्लेषणका सन्दर्भमा यी दुवै एक अर्काबिच निकट सिद्धान्तका रूपमा देखिन्छन्  । दुवैले काव्यकृतिलाई मूल आधार मानेर त्यसको वस्तुनिष्ठ विश्लेषणमा विश्वास गर्ने हुनाले दुवै सिद्धान्तको उद्भवका बिच लगभग नौ सय वर्षको अन्तर रहँदारहँदै पनि सिर्जना र सर्जकलाई हेर्ने अवधारणा तथा कृति विश्लेषणगत अवधारणामा भने करिब एकरूपता देखा पर्दछ । वक्रोक्ति सिद्धान्तमा वक्रताको तात्पर्य समस्त कविकर्मकौशल, काव्यसौन्दर्य तथा लोकोत्तर सर्जन हो भत्रे मान्दै काव्यकृतिलाई सर्जकका आत्मभावको भाषिक रूपान्तरणका रूपमा स्वीकार गरिने भएकाले मूलतः वर्णविन्यासवक्रता, पदवक्रता, वाक्यवक्रता, प्रकरणवक्रता र प्रबन्धवक्रताका आधारमा विश्लेषण गरी कृतिगत सौन्दर्य पर्गेल्ने काम गर्दछ । त्यसै गरी  शैलीविज्ञानले पनि साहित्यिक अभिव्यक्तिलाई भाषिक कला र कुनै पनि काव्यकृतिलार्ई भाषिक प्रतीक मानेर  मूलतः समानान्तरता, चयन, विचलन, अप्रस्तुत योजना आदिका आधारमा कृतिको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गर्दछ । तसर्थ, वक्रोक्ति सिद्धान्त र शैलीविज्ञानका बिच उत्पत्तिगत भौगोलिक परिवेश र  प्रारम्भविन्दुको समयमा समेत ठुलो अन्तराल भएर पनि  पनि यी दुवै सिद्धान्तका अबधारणामा साम्यता रहेकाले तुलनीय पनि देखिन्छन् । [The theory of irony is one of the coherent and objective theories of Eastern literature. Its promoter is Acharya Kuntak and he seems to be the only expander. The rise of stylistics seems to have taken place in the Western world through Sasuke's innovative linguistic thinking and its spread from various denominations and scholars in different countries. Although irony is a theory born in the context of Sanskrit and stylistics is born in the context of Western languages, in terms of objective analysis, the two are seen as closely related to each other.]

Abstract
369
PDF
0

Downloads

Published

2020-12-31

How to Cite

वक्रोक्ति सिद्धान्त र शैलीविज्ञानको तुलनात्मक अध्ययन [A Comparative Study of Irony Theory and Stylistics]. (2020). NUTA Journal, 7(1-2), 111-128. https://doi.org/10.3126/nutaj.v7i1-2.40004

Issue

Section

Articles

How to Cite

वक्रोक्ति सिद्धान्त र शैलीविज्ञानको तुलनात्मक अध्ययन [A Comparative Study of Irony Theory and Stylistics]. (2020). NUTA Journal, 7(1-2), 111-128. https://doi.org/10.3126/nutaj.v7i1-2.40004