नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav

Authors

  • लिलाबल्लभ Lilaballav ढकाल Dhakal बुटबल बहुमुखी क्याम्पस, बुटबल Butwal Multiple Campus, Butwal

Keywords:

विश्वव्यापिकरण Globalisation, श्रम बजार Sram bajar, विज्ञान तथा प्रविधि Bigyan tatha Pravidhi, आन्तरिक तथा वाह्य बजार र राष्ट्रिय स्वाधिनता

Abstract

विश्वव्यापिकरण विश्वमा आर्थिक, राजनीतिक एवम् सास्कृतिक पद्धतिहरुको एकिकरण हो । यसले संसारमा बिचार, बस्तु तथा सेवाहरुको स्वतन्त्र आवागमनको पक्षपोषण गर्दछ । यसले विश्वका सम्पूर्ण मानवजाति विचको अन्तरसम्बन्धलाई बढावा दिन्छ । यसले संसारका उद्यमीहरु विच प्रतिश्पर्धा तथा उदारीकरण र निजीकरणलाइ जोड दिदै विश्वका मुलुक तथा जनताहरुबिच एकिकृत तथा अन्तरआश्रित अर्थतन्त्रको निर्माणमा ध्यान दिन्छ । विश्वव्यापिकरणले पूँजी, प्रबिधि, श्रम तथा उत्पादनका अन्य साधनहरुको विश्वव्यापिरुपमा स्वतन्त्र आबागमनमा जोड दिने भएकोले एउटा अन्तरनिर्भर विश्वअर्थतन्त्र निर्माणमा कोषेढुङ्गाको काम गर्दछ । विश्वका बिभिन्न मुलुकहरुले निर्माण गरेका व्यापारिक अबरोधहरुको अन्त्य वा न्यूनीकरण गरी वस्तु तथा सेवाहरुको अन्तराष्ट्रिय बजारको निर्माण गर्दछ । नेपालले आफ्ना श्रमिकहरुलाइ अन्तराष्ट्रियश्रमबजारमा आपूर्ति गर्न सफल हुनुको मुख्यकारण पनि विश्वव्यापिकरणकै परिणाम हो । देशबाट ठूलो संख्यामाश्रमशक्ति विदेशी मुलुकहरुमा पुगी श्रम गरी खर्बौंको बिप्रेषण नेपाल भित्रिएको छ । यसबाट नेपालमा गरिबी न्यूनीकरण भइ नेपालीहरुको आर्थिक स्तर बढाउने काम भएको छ । नेपाली उत्पादनले विदेशी बजार पाएको छ । पूँजी एवम् प्रबिधि भित्रीएको छ । नयाँ बिचार, पद्धति, संस्कृति एवम् सभ्यताको विनिमय भएको छ । तर यी फाइदाहरुको बाबजुत विश्वव्यापिकरणले नेपाललाई वैदेिशक बस्तुहरुको बजारमा रुपान्तरित गरेको छ । आन्तरिक उद्योगधन्दा विस्थापित भएका छन् । अन्तरनिर्भरता भन्दा पनि परनिर्भरता बढेर गएको अवस्था छ । व्यापार घाटा चुलिएर गएको छ । बिप्रेषणमा आधारित अर्थतन्त्र निर्माण हुन पुगेको छ ।

Abstract
2553
pdf
0

Author Biography

लिलाबल्लभ Lilaballav ढकाल Dhakal, बुटबल बहुमुखी क्याम्पस, बुटबल Butwal Multiple Campus, Butwal

सहप्राध्यापक Associate Professor

Downloads

Published

2019-03-24

How to Cite

नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav. (2019). NUTA Journal, 6(1-2), 172-176. https://doi.org/10.3126/nutaj.v6i1-2.23266

How to Cite

नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav. (2019). NUTA Journal, 6(1-2), 172-176. https://doi.org/10.3126/nutaj.v6i1-2.23266