“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan

Authors

  • नरेन्द्र Narendra प्रसाद Prasad कोइराला Koirala ज.ब.क्याम्पस, काठमाडौं Ja. Ba. Campus, Kathmandu

DOI:

https://doi.org/10.3126/nutaj.v6i1-2.23263

Keywords:

कथा संग्रह Katha sangharaha, कथा विश्लेषण Katha vishleshan, लैङ्गीक र जातीय पहिचान laingik ra Jatiya Pahichan, सांस्कृतिक प्रभुत्व र सवाल्टर्न सिद्धान्त Sanskritik Prabhutwa ra Sabaltern Siddhanta

Abstract

प्रस्तुत लेखमा कथाकार मनु ब्राजाकीद्वारा लिखित मा¥यो च्याङ्बा मा¥यो असिनामा पा¥यो कथालार्ई सबाल्टर्न सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहास विहीन भएका वा बनाइएका समाजका किनारामा रहेका आवाज विहीन तथा अधिकार विहीन समूदाय नै सबाल्टर्न वर्ग हुन् । सबाल्टर्न एउटा बृहत् सिद्धान्त हो । यसभित्र सबै प्रकारका विभेदहरूका कारण किनारीकृत हुन पुगेका सबै शोषित पीडितहरू अटाउन सक्ने भए पनि यस लेखमा प्रस्तुत कथामा सबाल्टर्न वर्गको वर्गीय, लैङ्गिक र जातीय अवस्था पहिचान गरी समाजमा (कथामा) उनीहरूकोे स्थान, उनीहरूमाथिको प्रभुत्व र उनीहरूको प्रतिरोधको अवस्थाको विश्लेषण गरिएको छ । यस कथामा वर्गीय दृष्टिले निम्न वर्ग, जातीय दृष्टिले निम्न जात (अछुत) र लैङ्गिक दृष्टिले नारी सबाल्टर्न पात्रका रूपमा देखिएका छन् भने उनीहरूको प्रतिनिधित्व समाजसापेक्ष छ, उच्च वर्गीय प्रभुत्वको चक्रमा पिसिएकै कारण उनीहरू सबाल्टर्न हुन पुगेका भए पनि उनीहरूमा प्रतिरोध चेतना न्यून रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
717
pdf
1396

Author Biography

नरेन्द्र Narendra प्रसाद Prasad कोइराला Koirala, ज.ब.क्याम्पस, काठमाडौं Ja. Ba. Campus, Kathmandu

सहायक प्राध्यापक Assistant Professor

Downloads

Published

2019-03-24

How to Cite

कोइराला Koirala न. N. प. P. (2019). “मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan. NUTA Journal, 6(1-2), 145–153. https://doi.org/10.3126/nutaj.v6i1-2.23263