प्रबन्ध वक्रताका आधारमा खै–खै निबन्धको विश्लेषण Prabandha Wakratakaa Aadharma Khai Khai Nibandhako Vishleshan
DOI:
https://doi.org/10.3126/nutaj.v6i1-2.23257Keywords:
प्रबन्ध वक्रता Prabandha Wakrata, खै–खै निबन्ध Khai khai nibandhaAbstract
आचार्य कुन्तकको वक्रोक्ति सिद्धान्त पूर्वीय समालोचना सिद्धान्तमध्ये समन्वयवादी सिद्धान्तका रूपमा रहेको छ । वस्तुगत तथ्यमा आधारित रहेर काव्य रचनाको विश्लेषण गरिने भएकाले वक्रोक्ति सिद्धान्तको पाश्चात्य समालोचना सिद्धान्त शैलीविज्ञानसँग सामञ्जस्यता रहेको देखिन्छ । वक्रोक्ति सिद्धान्तमा आधारित भएर कुनै पनि कृतिमा भाषाको सबैभन्दा सानो एकाइ वर्णदेखि क्रमशः पद, वाक्य, प्रकरण हुँदै भाषाको सबैभन्दा ठूलो एकाइ प्रबन्ध वा सङ्कथन सम्मको विश्लेषण गर्न सकिन्छ । नेपाली साहित्यमा केशवराज पिंडाली एक सशक्त हास्यव्यङ्य निबन्धकारका रूपमा देखिन्छन् । उनको कलम उपन्यास, कथा, निबन्ध आदिमा चलेको भए पनि पिंडाली सर्वाधिक सफल निबन्धमै देखिन्छन् । वर्णविन्यास वक्रतादेखि प्रबन्ध वक्रतासम्मको सफल प्रस्तुति रहेका उनका निबन्धहरू उक्तिवैचित्र्यता युक्त छन् ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Copyright by NUTA JOURNAL
All Rights Reserved. No part of this Journal may be reproduced in any form or by any electronic or mechanical means, including information storage and retrieval system without prior permission in writing from the publisher, except by a reviewer who may quote brief extracts while reviewing.