@article{दुलाल_2021, title={किसान जातिका परम्परागत संस्था, नेतृत्व प्रणाली, प्रथाजनित कानुन एवम् लोकविश्वास Kisan Jatika Paramparagat Sanstha, Netritwa Pranali, Prathajanit Kanun ebam Lokbiswas}, volume={14}, url={https://nepjol.info/index.php/nc/article/view/35426}, DOI={10.3126/nc.v14i0.35426}, abstractNote={<p>किसान नेपालमा बसोबास गर्ने अल्पसंख्यक लोपोन्मुख समुदायअन्तर्गत पर्ने आदिवासी जनजाति हो । यो समुदायको बसोबास विशेषत प्रदेश नं १ को झापा जिल्लाका विभिन्न गाउँवस्तीहरूमा पाइन्छ । नेपाल बाहिर भारतका विभिन्न स्थानमा यिनीहरू बसोबास गर्दछन् । यिनीहरूका मौलिक सामाजिक, सांस्कृतिक, धार्मिक विशेषता यो आदिवासी जनजातिलाई चिनाउने प्रमुख आधार हुन् । यो समुदायमा प्रचलनमा रहेको परम्परागत नेतृत्व प्रणाली, प्रथाजनित कानुन र लोकविश्वास पनि आफ्नै प्रकारको छ । राजा (गाउँबुढा वा वैगा), मन्त्री (वकिल) र सिपाही यो समुदायका प्रमुख नायक हुन् । यिनीहरूको खटन पटन, निगरानी र निर्देशनमा समाज चल्दछ । समाजलाई अनुशासित, मर्यादित, प्रभावकारी, व्यवस्थित र नियमन गर्ने यो समुदायमा केही नीति, नियम आचार संहिता छन् । ती यस जातिका प्रथाजनित कानुन हुन् । धर्म एवम् धार्मिक आस्था, सामाजिक प्रचलन र सांस्कृतिक परम्परासँग जोडिएका यिनीहरूका विभिन्न मूल्यमान्यता पनि छन् । ती यो जातिका लोकविश्वास हुन् । समग्रमा किसान जातिको सामाज एवम् समुदायको नियन्त्रण र निर्देशन राजा, मन्त्री र सिपाहीले परम्परादेखि स्थापित प्रथाजनित कानुनका साथै लोकविश्वासलाई आधार बनाएर गर्दछन् । यी सामुदायीक नायकहरू आफै पनि कठोर अनुशासन र मर्यादामा बस्दछन् । जातीय कानुन, लोकविश्वासका साथै व्यवहारिक आचार संहिता पालन गर्नु आफ्नो धर्म, दायित्व र कर्तव्य ठान्दछन् । तर यो समुदायका अपनत्व तथा मौलिक पहिचानका आधार मानिने त्यस्ता पक्षहरूका विषयमा उतिधेरै अध्ययन अनुसन्धान हुन सकेको<br> छैन । यसर्थ परम्परागत नेतृत्व प्रणाली, प्रथाजनित कानुन र लोकविश्वासजस्ता पक्षलाई विश्लेषणको विषय बनाई शोधखोजगरी तयार पारिएका स्रोत सामग्रीहरू पर्याप्तरूपमा नपाइएका हुन् । निसन्देहः आंशिकरूपमा भए तापनि उक्त खाँचो परिपूर्ति गर्ने उद्देश्यले यो अनुसन्धान गरिएको हो ।</p>}, journal={Nepalese Culture}, author={दुलाल लोकनाथ}, year={2021}, month={Mar.}, pages={67–85} }