नालाको मध्यकालीन नेवाः बस्ती संरचना

Authors

  • Srijana Prajapati Scholar of MPhil/PhD, CDNeHCA, Tribhuvan University

DOI:

https://doi.org/10.3126/nc.v18i1.78293

Keywords:

नालाङ्ग ग्राम, सात गाउँ, नाला उग्रचण्डी, सृष्टिकान्त लोकेश्वर

Abstract

नाला बनेपा नगरपालिकाअन्तर्गत पर्ने महत्वपूर्ण ऐतिहासिक एवम् सांस्कृतिक नगरी हो । को ३ र ४ वडाअन्तर्गत पर्दछ । लिच्छविकालमा यसको नाम नालाङ्गग्राम थियो । यहाँ लिच्छवि तथा मध्यकालदेखिका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरू मनग्य पाइन्छन् । मल्लकालमा राखिएका अभिलेख यस क्षेत्रमा पाइन्छन् । तापनि परिसरमा रहेका लिच्छविकालीन अभिलेख र थुप्रै उत्तर लिच्छवि र पूर्व मध्यकालीन मूर्तिहरूले यो क्षेत्र प्राचीन हुनसक्ने अनुमान गर्न सकिन्छ । नाला करुणामय अर्थात् सृष्टिकान्तलोकेश्वरको स्थापनाको इतिहास पाइँदैन । तर वि.सं. २०३५ को तस्बिरमा यो परम्परागत मल्लकालीन शैलीको बनावट देखिन्थ्यो । हाल पुनःनिर्माण भइसकेकोले केही अनुपात नमिलेको जस्तो देखिन्छ । नेवाः बस्ती चिनाउने अन्य सम्पदाहरूमा निजी कलात्मक घर, दरबार, द्योछें, साना मन्दिरहरू, बाटो, दबू, जलद्रोणी र इनार हुन् । मल्लकालीन शहरको सुरक्षात्मक वास्तुका रूपमा रहेका सातमध्ये पाँच प्रवेशद्वार अहिले आधुनिक शैलीमा पुनःनिर्माण गरिएका छन् । अभिलेखसहितका थुप्रै पूर्व मध्यकालीन मूर्ति र एउटा मल्लकालीन युधिष्ठिरको मूर्ति यस शहरको विशेषताको रूपमा रहेको छ । यी सम्पूर्ण मूर्त सम्पदाहरूले नालाको मध्यकालीन नेवाः बस्ती संरचनाको परिचय झल्काउँछ । भक्तपुरसँग धेरै समय अधिनमा रहेको हुँदा यहाँको बस्ती संरचना र बस्तीका अवयवहरू मिल्दा देखिन्छन् । समग्रमा नालाका विविध विषयलाई समेटेर सम्पन्न भएको अध्ययनको अभाव छ । त्यो यस अध्ययनको रिक्तता प्राज्ञिक समस्या हो । उक्त समस्या सम्वोधन गर्ने उद्देश्यले यो अनुसन्धान गरिएको छ । प्राथमिक तथा द्वितीयक दुबै प्रकृतिका तथ्याब्क सब्कलन तथा विश्लेषण भएको यो गुणात्मक ढाँचामा आधारित लेख हो ।

Downloads

Download data is not yet available.
Abstract
115
pdf
54

Author Biography

Srijana Prajapati, Scholar of MPhil/PhD, CDNeHCA, Tribhuvan University

An architect cum urban designer by profession and has several publications to her credit that reflect her passion in architect, engineering and culture.

Downloads

Published

2025-05-07

How to Cite

Prajapati, S. (2025). नालाको मध्यकालीन नेवाः बस्ती संरचना. Nepalese Culture, 18(1), 109–121. https://doi.org/10.3126/nc.v18i1.78293

Issue

Section

Articles