टोखाको ऐतिहासिक रूपरेखा

Authors

  • Shyam Madan KC Scholar of MPhil/PhD, CDNeHCA, Tribhuvan University

DOI:

https://doi.org/10.3126/nc.v18i1.78291

Keywords:

टोखाको नामकरण, चारसय टोखा सात सय फेरा, ऐतिहासिक रूपरेखा, भौतिक तथा अभौतिक सम्पदा

Abstract

टोखामा प्राप्त भएको अभिलेखलाई आधार मान्दा लिच्छविकालमा नै यस क्षेत्रमा वस्ती प्रख्यात भइसकेको देखिन्छ । प्राचीन कालदेखि नै टोखा चाकु उत्पादनको लागि लोकप्रिय थियो । यहाँ प्राचीनकाल, लिच्छविकाल, मध्यकालदेखि शाहकालसम्मका भौतिक तथा अभौतिक सम्पदाहरू रहेका छन् । प्राचीन समयमा टोखाले स–साना ग्रामीण क्षेत्रलाई समेटी चारसय गाउँ र त्यसको सातसय फेरा क्षेत्रफलभित्रको भौगोलिक सिमाभित्र पर्ने सम्पूर्ण क्षेत्रको रेखदेख र कर उठाउने जिम्मेवारी पाएको हो । गोकर्ण, चुनीखेल, गाम्चा, टुसाल, खड्का भद«काली, नारायणटार, वासुखु, हात्तीगौडा, धापासी, धर्मस्थली, साब्ला, काभ्रेस्थली, गोङ्गबु, झोर र मनमैजु टोखाका शासित क्षेत्र हुन् । उक्त क्षेत्रमा शासन सञ्चालन गरेको कारण “चारसय टोखा सातसय फेरा” भनिएको हो । टोखा चारसय गाउँको सिमाभित्र सिमित नभई शब्खमूलसम्म शासन सञ्चालन गरेको मानिन्छ । त्यसको प्रमाणका निमित्त टोखामा प्रमुख नाइके नियुक्त गर्ने परम्परालाई लिन सकिन्छ । त्यो प्रचलन वर्तमानमा पनि अभ्यासमा छ । टोखालाई चारसय टोखा सातसय फेरा किन भनियो ? । यस क्षेत्रको ऐतिहासिक विकासक्रम कसरी भएको छ ? यो स्थान एउटै छुट्टै राज्यको रूपमा विकसित भएको थियो कि ? वा लिच्छविकालमा राजनैतिक दृष्टिले स्वशासनको अधिकार पाएको हो ? यस क्षेत्रअन्तर्गत के कस्ता भौतिक सांस्कृतिक सम्पदा निमार्ण भए ? र के कस्ता अभौतिक सांस्कृतिक अभ्यासहरू प्रचलनमा आए ? यी विषयमा पनि प्रर्याप्त अध्ययन भएका छैनन् । त्यसैले उक्त विषयसँग सम्बन्धित स्रोत सामग्रीहरू पर्याप्त रूपमा नपाइएका हुन् । यो पक्ष यस अध्ययनका प्राज्ञिक समस्या हुन् । उक्त अभाव अांशिक रूपमा भए तापनि परिपूर्ति गर्ने उद्देश्यले यो लेख तयार पारिएको हो । यो गुणात्मक ढाँचामा आधारित छ । यस अध्ययनमा प्राथमिक तथा द्वितीयक दुबै प्रकृतिका तथ्याब्कको विश्लेषण भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
126
PDF
97

Author Biography

Shyam Madan KC, Scholar of MPhil/PhD, CDNeHCA, Tribhuvan University

He has several research papers, and scholarly articles in different publications of repute.

Downloads

Published

2025-05-07

How to Cite

KC, S. M. (2025). टोखाको ऐतिहासिक रूपरेखा. Nepalese Culture, 18(1), 77–90. https://doi.org/10.3126/nc.v18i1.78291

Issue

Section

Articles