केपिलासगढीको ऐतिहासिक अध्ययन

Authors

  • शालिकराम राई शोधार्थीः विद्यावारिधि, संस्कृति विभाग, त्रि.वि.

DOI:

https://doi.org/10.3126/nc.v17i1.64422

Keywords:

केपिलासगढी, मुन्दुम, खाई, जेलखाना, राजगृह, कोटघर

Abstract

खोटाङ जिल्लाको केपिलासगढी ३ मा अवस्थित केपिलासगढी ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल हो । यो गढी सप्तेश्वर र बाक्सिलाको सिमानामा ६ हजार ८६ फिट उचाईमा अबस्थित छ । नेपालको इतिहासमा प्राचीन तथा मध्यकाल कालमा राज्य संचालन गर्दा तत्कालीन राजा, शासक, प्रशासक बस्ने आवासगृहलाई  कोटघर, गढी, किल्ला, राजगृह  भनिन्थ्यो । यी गढीहरुको संरचना भौगोलिक क्षेत्र अनुसार तराई र पहाडमा अलगअलग प्रकारका हुन्थे । सुरक्षाका दृष्टिले शत्रुहरुले हतपती आक्रमण गर्न नसकोस भनेर विशेषगरी पहाडी क्षेत्रमा पहाडको डाँडाहरुमा गढी, कोटघर, किल्ला बनाउने चलन थियो । आधुनिक काल नेपाल एकीकरणको अभियान बि.सं. १८३१ सम्म पनि यो गढी अस्तित्वमा थियो भन्ने प्रामाण पाउन सकिन्छ । यो गढीको ऐतिहासिकता कस्तो थियो ? गढीको प्राचीन स्मारक तथा भग्नावशेष, राजदरबारको भौतिक संरचनाको अबस्था कस्तो रहेको छ ? यस गढि़को सांस्कृतिक महत्व कस्तो छ ? भन्ने सोधप्रश्नको उत्तर खोज्ने क्रममा यो अध्ययन गरिएको हो । यस आलेखमा केपिलास गढीको ऐतिहासिकता पक्ष पहिचान गर्न मुख्य उद्देश्य बनाइएको छ । यस ऐतिहासिक गढीको अध्ययन अन्वेषणात्मक तथा गुणात्मक विधिबाट गरिएको छ । अध्ययनका क्रममा प्राथमिक तथ्यांक स्थलगत अबलोकन र स्थानीय जानकारसँगको अन्तरबार्ताबाट तथा द्वितीयक तथ्यांक किरात राई समुदायको मौलिक दर्शन मुन्दुम, ऐतिहासिक दस्ताबेजहरु र लालमोहर, रुक्का प्रकाशित पुस्तकहरु आदिको अध्ययनबाट संकलन गरिएका छन् । यस गढीको प्राचीनता, ऐतिहासिकता र पुरातात्विक अवशेषहरुको अध्ययनलाई यसमा समेटिएको छ ।  

Downloads

Download data is not yet available.
Abstract
54
pdf
36

Downloads

Published

2024-05-07

How to Cite

राई श. (2024). केपिलासगढीको ऐतिहासिक अध्ययन. Nepalese Culture, 17(1), 113–124. https://doi.org/10.3126/nc.v17i1.64422

Issue

Section

Articles