लिम्बू समुदायमा प्रचलित लोकनृत्य धाननाच

Authors

  • भूपालकुमार सेन्दाङ शोधार्थीः विद्यावारिधि, संस्कृति विभाग, त्रि.वि.

DOI:

https://doi.org/10.3126/nc.v17i1.64415

Keywords:

धाननाच, पालाम, लिम्बू समुदाय, यालाङ

Abstract

नेपालको सुदुर पूर्वी भागमा बसोबास गर्ने लिम्बू (याक्थुङ) समुदायमा प्रचलित विभिन्न संस्कृतिहरु मध्ये लोकनृत्य धाननाच (यालाङ) एक महत्वपूर्ण संस्कृति हो । संस्कृति मानव जातिको पहिचानको आधार हो । यसको विकास मानव जीवन यापनलाई सहज र सरल तरिकाले अगाडि बढाउन भएको देखिन्छ । लिम्बू भाषामा धाननाचलाई ‘यालाङ’ भनिन्छ । यहाँ ‘या’ भनेको धान र ‘लाङ’ भनेको नाच्नु हो । यसबाट धाननाचको उत्पत्ति र विकास धानखेतीसंग सम्बन्धित रहेको देखिन्छ । धाननाचमा वाद्यवादनको खासै प्रयोग हुँदैन । यस नाचमा गाईने गीतलाई ‘पालाम’ भनिन्छ । धाननाचमा गीत गाउने छुट्टै गायक हुँदैन । नृत्यकारहरुले नै पालाम गीत पनि गाउनु पर्दछ । ‘पालाम’ शब्द ‘पानलाम’ बाट बनेको हो जसको अर्थ ‘पान’ भनेको कुरा र र ‘लाम’ भनेको वाटो हो । तसर्थ पालामको अर्थ मनमा लागेको कुरा वा हृदयमा उठेको भाव वा विचारलाई काव्यात्मक रुपमा कथेर भन्ने बाटो (लाम) हो । याक्थुङ लिम्बू जातिको महत्वपूर्ण सांस्कृतिक सम्पदाको रुपमा रहेको  धाननाच (यालाङ) को उत्पत्ति कसरी भयो ? यो नाच किन र कसरी नाचिन्छ ? धाननाचमा गाइने पालाम गीतलाई भाव र प्रसङ्गको आधारमा के कति प्रकारमा वर्गीकरण गर्न सकिन्छ ? भन्ने मुख्य शोध प्रश्नहरुको जवाफ प्राप्त गर्ने उद्देश्यले यो अध्ययन गरिएको छ । यो एक गुणात्मक प्रकृतिको अन्वेषणात्म तथा ऐतिहासिक अध्ययन हो । यस अध्यायनमा संकलित प्रारम्भिक तत्थ्याङ्कहरु धाननाचको प्रत्यक्ष अवलोकन र धाननाचसम्बन्धी ज्ञाता तथा अभ्यासकर्तासंगको अन्तर्वार्ताको माध्यमद्वारा संकलन गरिएका छन् । धाननाच मौखिक परम्परा अनुरुप पुस्तान्तरण हुदै आएकोले कतिपय तत्थ्याङ्कहरु लिम्बू समुदायमा प्रचलित आख्यान तथा किंवदन्तीहरुबाट पनि संकलन गरिएका छन् । प्राप्त तत्थ्याङ्कहरुलाई ब्याख्या विश्लेषण गर्दा धाननाचको उत्पत्ति र विकास मानिसले कृषिकर्म शुरु गरे पश्चात धानखेतीको विकास भएसँगै क्रमशः भएको पाइन्छ । यस्तै सुरुमा यस नाचका व्यावस्थित नियमहरु नभएकोमा मानव विकृति बढेपछि दार्शनिक येहाङको पालादेखि साईनो–सम्बन्ध लाग्ने महिला पुरुषबीच धाननाच्न नहुने र शिष्ट, मर्यादित तथा अनुसाशित ढंगले यो नाँच नाच्नुपर्ने नियमहरु तर्जुमा भएको पाइएको छ । प्रारम्भमा धानको परालबाट अन्नको दाना झार्नको लागि नाचिने यो नाच पछिल्लो समयमा युवा–युवतीबीच आपसमा दुःखसुखका अनुभूतिहरु साँटासाँट गर्ने, प्रेम र मायाप्रिति भावनाहरु अभिव्यक्त गर्ने, विरह र बेदनाहरु पोख्ने, सामाजिक यथार्थता प्रकट गर्ने र मनोरञ्जन तथा आनन्द प्राप्त गर्ने प्रयोजनको लागि नचिएको देखिन्छ । साथै धाननाचमा गाइने पालाम गीतलाई यसको विशेषताको आधारमा मुख्यतः तुम्मुइ पालाम, मिम्मुइ पालाम र सेम्मुइ पालाम गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिने तत्थ्य यस अध्यायनबाट प्रकाशमा आएको छ ।

Downloads

Download data is not yet available.
Abstract
61
pdf
126

Downloads

Published

2024-05-07

How to Cite

सेन्दाङ भ. (2024). लिम्बू समुदायमा प्रचलित लोकनृत्य धाननाच. Nepalese Culture, 17(1), 77–96. https://doi.org/10.3126/nc.v17i1.64415

Issue

Section

Articles