हाम्रो संस्कृति: एक अध्ययन {Our Culture: A Study}

Authors

  • सुन्दर गौतम म. ब. क्याम्पस, दाङ, त्रि.वि.

DOI:

https://doi.org/10.3126/nc.v15i1.48548

Keywords:

रैथान, बहुआयामिक, समन्वयात्मक, अपनत्व

Abstract

विद्यमान नेपाली समाजको गतिशीलतामा विज्ञान र प्रविधिले केही नयाँपन पक्कै दिएको छ । तर पनि प्रविधिलाई आत्मसात गर्दैगर्दा मानवीय प्रवृत्तिमा के र कस्ता अन्योन्याश्रित सम्बन्धहरूको प्रभाव परेको छ त ? त्यस विषयमा स्पष्ट हुन आवश्यक छ । यद्यपि संस्कृति संरक्षणको नाममा भोगिरहेका विकृतिहरूले वर्तमानमा पारेको प्रभावबाट भावि पुस्ताको दिनचर्यालाई कति मर्यादित बनाउने हो, त्यो हेर्न र बुझ्न बाँकी नै छ । मूल रूपमा नेपालको राष्ट्रिय संस्कृतिका विविध पक्षले हाम्रो सिङ्गो नेपाली समाजमा स्थापित गरेका मौलिक मूल्य र मान्यता नै हाम्रा सांस्कृतिक सम्पत्तिहरू हुन् भनेर आज हरेकले बुझ्न सक्नुपर्दछ र त्यस अनुरूप नै हाम्रा दैनिकीहरू चल्नु पनि पर्दछ । यसो गर्न सकियो भने निश्चय पनि आउँदा दिनहरूमा मानवीय मूल्य मान्यताको संरक्षण सँगै संस्कृतिप्रति सबैको सद्भाव र विश्वास रहन सक्छ । जसका लागि सरोकारवाला सबैको ध्यान जान आज जरुरी छ ।

विद्यमान नेपाली समाजको गतिशीलतामा विज्ञान र प्रविधिले केही नयाँपन पक्कै दिएको छ । तर पनि प्रविधिलाई आत्मसात गर्दैगर्दा मानवीय प्रवृत्तिमा के र कस्ता अन्योन्याश्रित सम्बन्धहरूको प्रभाव परेको छ, त्यस विषयमा स्पष्ट हुन आवश्यक छ । यद्यपि संस्कृति संरक्षणको नाममा भोगिरहेका विकृतिहरूले वर्तमानमा पारेको प्रभावबाट भावि पुस्ताको दिनचर्यालाई कति मर्यादित बनाउने हो, त्यो हेर्न र बुझ्न बाँकी नै छ । मूलरूपमा नेपालको राष्ट्रिय संस्कृतिका विविध पक्षले हाम्रो सिङ्गो नेपाली समाजमा स्थापित गरेका मौलिक मूल्य र मान्यता नै हाम्रा सांस्कृतिक सम्पत्तिहरू हुन् भनेर आज हरेकले बुझ्न सक्नुपर्दछ र, त्यस अनुरूप नै हाम्रा दैनिकीहरू चल्नु पनि पर्दछ । यसो गर्न सकियो भने निश्चय पनि आउँदा दिनहरूमा मानवीय मूल्य मान्यताको संरक्षण सँगै संस्कृतिप्रति सबैको सदभाव र विश्वास रहन सक्छ । जसका लागि सरोकारवाला सबैको ध्यान जान आज जरुरी छ । नेपालको बदलिँदो राजनैतीक तथा सामाजिक परिवेशमा त झनै संस्कृतिको महत्वलाई  व्यवहारिकीरण तर्फ लैजानै पर्ने देखिएको छ । आधुनिक बन्ने बहानामा स्वीकार्न थालिएका नयाँ परिस्थितिहरूसँग हाम्रा प्राचीन मूल्य र मान्यताहरू स्खलीत हुने प्रचुर सम्भावना देखिन थालेको हुँदा त्यस प्रवृत्तिको न्यूनीकरण गर्ने प्रयास तर्फ हरेक संस्कृति प्रेमीको ध्यान समयमै जान जरुरी छ, जसबाट हामी सुसंस्कृत पनि बन्न सक्छौं ।

Downloads

Download data is not yet available.
Abstract
186
PDF
45

Author Biography

सुन्दर गौतम, म. ब. क्याम्पस, दाङ, त्रि.वि.

उप–प्राध्यापक

Downloads

Published

2022-10-10

How to Cite

गौतम स. (2022). हाम्रो संस्कृति: एक अध्ययन {Our Culture: A Study}. Nepalese Culture, 15(1), 105–114. https://doi.org/10.3126/nc.v15i1.48548

Issue

Section

Articles