शोधकार्यमा सामग्रीसङ्कलन र विश्लेषण
DOI:
https://doi.org/10.3126/naj.v4i1.83576Keywords:
क्षेत्रकार्य, तथ्यसङ्कलन, पुस्तकालय कार्य, शोधसामग्री, सूचकAbstract
प्रस्तुत आलेख शोधकार्यमा अवलम्बन गरिने सामग्रीसङ्कलन र विश्लेषण विधिमा केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धान विधिमा सम्पन्न गरिएको यस आलेखमा सामग्रीको सङ्कलन पुस्तकालय विधिबाट गरिएको छ भने यसमा द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ । शोधविधिमा सामग्रीसङ्कलनका मुख्य प्रक्रियाका रूपमा स्थलगत कार्य र पुस्तकालय कार्यको विश्लेषण गरिएको यस लेखमा सङ्कलित सामग्रीको विश्लेषणका प्रक्रियाको विश्लेषण गरिएकाले यो तद्विषयक प्रक्रियासम्बन्धी विषयको विश्लेषणमा केन्द्रित अध्ययन हो । यस लेखमा शोधसमस्याका रूपमा उठान गरिएका सामग्रीसङ्कलन र विश्लेषणसम्बन्धी चरअन्तर्गत स्थलगत कार्य, पुस्तकालय कार्य र यी विधिबाट सङ्कलित तथ्यको विश्लेषणका विषयमा प्रकाश पारिएको छ । सामग्रीसङ्कलन शोधकार्यका लागि अपरिहार्य पक्ष हो भने यसबाटै अव्यवस्थित रूपमा रहेका विषयको यथोचित व्याख्या, विवेचना, विश्लेषण र संश्लेषण भई नवीन ज्ञाननिर्माणको मार्ग प्रशस्त हुन्छ । शोधकार्यमा सामग्रीको सङ्कलन स्थलगत र पुस्तकालयीय कार्यका आधारमा गरिन्छ । स्थलगत कार्य शोधविषय, समस्या तथा तिनमा उल्लेख गरिएका चरका आधारमा शोधक्षेत्रमै पुगी प्रत्यक्ष अवलोकन, पर्यवेक्षण, अन्तर्वार्ता आदि कार्यलाई स्वराङ्कन, छायाङ्कन र लिप्यन्तरण गरी सामग्रीसङ्कलन गर्ने कार्य हो । पुस्तकालय कार्यमा सम्बन्धित विषयका बारेमा अभिलेखीकरण गरिएका सामग्रीबाट आफ्नो शोधसमस्यासँग सम्बन्धित सामग्रीको सङ्कलन गरिन्छ । यस लेखमा शोधकार्यमा स्थलगत कार्य र पुस्तकायल कार्यसँग सम्बन्धित विषयमा केन्द्रित भई सङ्कलित सामग्रीको विश्लेषण गर्ने आधार र अवधारणाका विषयमा विमर्श गरी निष्कर्षसम्म पुगिएको छ ।