समाजवैज्ञानिक अध्ययनमा अन्तर्विषयात्मकता

Authors

  • Ratna Mani Nepal CNAS, Kathmandu

DOI:

https://doi.org/10.3126/naj.v4i1.83569

Keywords:

अन्तर्विषयात्मकता, ग्रामीण विकास, जटिल सामाजिक समस्या, प्रतिविषयात्मकता, बहुविषयात्मकता

Abstract

अन्तर्विषयात्मक अध्ययन जटिल सामाजिक समस्याहरूको नीतिगत तथा ज्ञानात्मक समाधान खोज्न गरिने एक छुट्टै अध्ययन परम्परा हो । पछिल्लो समयमा विश्वविद्यालयलगायत शिक्षण तथा अनुसन्धान निकायहरूमा गरिने समाजवैज्ञानिक अनुसन्धान कार्यमा अन्तर्विषयात्मक अध्ययनको माग विश्वव्यापी रूपमै बढिरहेको छ । नेपालमा भने यो अध्ययन एक नयाँ प्रयोगजस्तो देखिन्छ । यस आलेखमा त्रिविको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत वि.सं. २०५८ सालमा स्थापित अन्तर्विषयात्मक विषय ग्रामीण विकासमा हुने विद्यावारिधि तहका अध्ययनहरूको अन्तर्विषयात्मकताको प्रकृति र प्रवृत्तिको विश्लेषण गरिएको छ । अन्तर्विषयात्मक विषयमै अन्तर्विषयात्मकताको स्थिति बुझ्न सकियो भने अन्य संस्थागत विषयमा हुने अन्तर्विषयात्मक अध्ययनका बारेमा अनुमान लगाउन सजिलो हुन्छ भन्ने मान्यताले यो लेख तयार पारिएको छ । यसमा ग्रामीण विकास विषयको विद्यावारिधिमा अध्ययनरत सात जना सहभागीबाट अन्तर्वार्ता विधिद्वारा प्राप्त धारणाको विषयगत विश्लेषण गरी निष्कर्ष निकालिएको छ । आलेखमा ग्रामीण विकास विषयमा भइरहेका अन्तर्विषयात्मक अध्ययनहरूमा सामान्य जानकारी लिई अगाडि बढाइएको (आंशिक बोधबाट अन्तर्विषयात्मकता), अध्ययन अगाडि बढाउँदै गर्दा जानकारी भएको (प्रक्रियाबाट आंशिक बोध) र पूर्वजानकारी पनि नभएको र अध्ययनका क्रममा पनि थाहा नभएको (न बोध न प्रक्रिया) भएको गरी अन्तर्विषयात्मकताको प्रवृत्ति तीन किसिमको भएको निष्कर्ष निकालिएको छ । अन्त्यमा प्राप्त निष्कर्ष र पूर्वप्रकाशित सामाग्रीको संयोजन गरी यस आलेखमा ग्रामीण विकास विषयमा गरिने अन्तर्विषयात्मक अध्ययनको प्रक्रियागत खाका पनि प्रस्ताव गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
41
PDF (नेपाली)
25

Published

2025-08-27

How to Cite

Nepal , R. M. (2025). समाजवैज्ञानिक अध्ययनमा अन्तर्विषयात्मकता. Nepal Adhyayan Journal नेपाल अध्ययन जर्नल, 4(1), 93–120. https://doi.org/10.3126/naj.v4i1.83569

Issue

Section

Articles