पूर्वीय शोधदर्शन, विधि र प्रयोग

Authors

  • Narayan Prasad Gadtaula Tribhuwan University, Kathmandu

Keywords:

ज्ञानमीमांसा, तत्वमीमांसा, नीतिमीमांसा, प्रमा, प्रमाता, प्रमेय

Abstract

प्र्रस्तुत लेख पूर्वीय परम्परामा रहेको शोधअनुसन्धानसम्बन्धी दर्शन, विधि र साङ्गठनिक ढाँचासँग सम्बद्ध छ । संस्कृत वाड्मयमा करिब छ हजार वर्षदेखि हुँदै आएका विश्वब्रह्माण्ड, पशुपक्षी लगायत प्रकृति र मानवको इतिहास र स्वयं ज्ञान ज्ञाननिर्माणको प्रक्रियाका बारेमा भएका खोजअनुसन्धानको निरूपण यस लेखको उद्देश्य हो । संस्कृतपरम्पराका प्राचीन वाड्मय भनेका संहिता, त्यसपछिका ब्राह्मण, आरण्यक, उपनिषद् जस्ता वैदिक वाड्मय तथा त्यसपछिका शोध अनुसन्धानमा आधारित कृतिमा उपयोग भएको सृष्टिका सम्बन्धमा जिज्ञासा, मूलतत्वको खोजी, मूल तत्वका विभिन्न विकारततत्ववको व्याख्या, अविकारी मूल ब्रह्मतत्वको निरूपण र त्यसको दार्शनिक आधार र त्यसलाई भाषिक ढाँचामा अभिव्यक्त गर्ने पद्धतिको निरूपण गरिएको छ । शोधदर्शनका दृष्टिले पूर्वीय परम्परामा ज्ञानलाई प्रमाणको विषय मानिएको छ र प्रमाणद्वारा सिद्ध ज्ञानलाई प्रमाको संज्ञा दिइएको छ । यसमा प्रमाता अर्थात् ज्ञानको खोजी गर्ने व्यक्ति आप्त, आर्ष वा आधिकारिक हुनुपर्ने र उसको विषय अर्थात् प्रमेयबिच योग्य सम्बन्ध साथै त्यस ज्ञानको व्यावहारिक प्रयोजन सिद्ध हुनुपर्ने ज्ञानमीमांसीय निष्कर्ष यहाँ प्रस्तुत गरिएको छ । तत्वमीमांसाका दृष्टिले अद्वैत, विशिष्टाद्वैत, द्वैताद्वैत, शुद्धाद्वैत, परमाणुवाद, प्रकृतिपुरुषवादजस्ता तत्वमीमांसीय दृष्टिकोणहरूको यहाँ निरूपण गरिएको छ । सत्ताका दृष्टिले वस्तुसत्ता आध्यासिक, व्यावहारिक र पारमार्थिक तीन किसिमको हुने वेदान्तीय धारणा रहेको छ । अनुसन्धानको मूल्यमीमांसा वा नैतिक दृष्टिले हेर्दा शोधकर्ता, विषय, तिनको गहिरो सम्बन्ध र उचित प्रयोजन नै शोधको मूल्य वा नीति हो । अनुसन्धानमा प्रमाता, प्रमेय, प्रमाण र प्रमा यी चार तत्व नै मुख्य विषय भएको र यिनको सुसंयोजनबाट प्राप्त निष्कर्ष नै शोध भएको पूर्वीय मान्यता यहाँ व्यक्त भएको छ । संस्कृत वाड्मयका अनुसन्धानको प्रस्तुति, सङ्गठन आदिको अनुशीलन गरेर आगमनात्मक विधिद्वारा पूर्वीय शोधअनुसन्धानको दर्शन, विधि र साङ्गठनिक ढाँचाको निष्कर्ष निकालिएको छ । शब्दकुञ्जी

Abstract
152
PDF (Nepali)
0

Downloads

Published

2025-08-27

How to Cite

पूर्वीय शोधदर्शन, विधि र प्रयोग. (2025). Nepal Adhyayan Journal नेपाल अध्ययन जर्नल, 4(1), 23-60. https://doi.org/10.3126/naj.v4i1.83565

Issue

Section

Articles

How to Cite

पूर्वीय शोधदर्शन, विधि र प्रयोग. (2025). Nepal Adhyayan Journal नेपाल अध्ययन जर्नल, 4(1), 23-60. https://doi.org/10.3126/naj.v4i1.83565