कक्षा दशमा अध्यापनरत नेपाली शिक्षकहरूको कक्षा प्रस्तुति र कार्यकलाप {Classroom presentations and activities of Nepali teachers teaching in grade 10}

Authors

DOI:

https://doi.org/10.3126/mrj.v6i1.88204

Keywords:

कक्षा प्रस्तुति, कक्षा व्यवस्थापन, पेसागत व्यवहार, लोकतान्त्रिक कक्षा, शिक्षण सिकाइ क्रियाकलाप

Abstract

यस अध्ययनको उद्देश्य कक्षा दशमा अध्यापनरत नेपाली भाषा शिक्षकहरूको कक्षा प्रस्तुति र शिक्षण सिकाइ कार्यकलापहरूको अवस्थाको विश्लेषण गर्नु हो । यस अनुसन्धानमा गुणात्मक ढाँचा र वर्णनात्मक विधिको प्रयोग गरिएको छ । यस अध्ययनका लागि दश जना नेपाली भाषा शिक्षकहरूको कक्षा अवलोकनका साथै उनीहरूसँगको छोटो अन्तर्वार्ताबाट तथ्य सङ्कलन गरिएको छ । सङ्कलित तथ्यलाई मुख्यतः तिन विषय— कक्षा प्रस्तुति, शिक्षण सिकाइ कार्यकलाप र कक्षा व्यवस्थापन तथा पेसागत व्यवहार अनुसार विषयगत विश्लेषणको प्रक्रियाबाट विश्लेषण गरिएको छ । यस अध्ययनबाट अधिकांश शिक्षकहरूले पाठको प्रारम्भमा सिकाइगत उद्देश्य स्पष्ट पार्ने प्रयास गरेको देखिएको छ । यसै गरी उदाहरणको प्रस्तुतिमा सकारात्मक प्रस्तुति सिप प्रयोग गरेको पाइएको छ । शैक्षिक प्रविधिको उपयोग, विद्यार्थीलाई शिक्षण सिकाइ कार्यकलापमा सक्रिय सहभागी बनाउने रणनीतिका साथै अन्तरक्रियात्मक प्रकृतिको कक्षा व्यवस्थापन पक्षमा निकै सुधारको आवश्यकता देखिएको छ । त्यस्तै, कक्षामा शिक्षण सिकाइ कार्यकलापहरूमा शिक्षकले आफुलाई सहजकर्ताको भूमिकामा राखेर कक्षामा अन्तरक्रियालाई बढाउने विधिहरू अपेक्षाकृत सीमित रूपमा प्रयोग भएको पाइएको छ । यस अध्ययनले नेपाली भाषा शिक्षणमा शिक्षकहरूको प्रस्तुति शैली, शिक्षण सिकाइ क्रियाकलाप छनोट र कक्षाको व्यवस्थापन अझ लोकतान्त्रिक प्रकृतिको बनाई अझ सुदृढ पार्न आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2025-12-31

How to Cite

दाहाल {Dahal} द. {Durgaprasad}. (2025). कक्षा दशमा अध्यापनरत नेपाली शिक्षकहरूको कक्षा प्रस्तुति र कार्यकलाप {Classroom presentations and activities of Nepali teachers teaching in grade 10}. Mangal Research Journal, 6(1), 123–133. https://doi.org/10.3126/mrj.v6i1.88204

Issue

Section

Articles