अदालतमा प्रयोग हुने नेपाली भाषा {Nepali Language Used in Court}

Authors

  • दुर्गाप्रसाद Durga Prasad दाहाल Dahal नेपाली शिक्षा विभाग, महेन्द्ररत्न क्याम्पस, ताहाचल

DOI:

https://doi.org/10.3126/mrj.v4i01.61723

Keywords:

उपसर्ग, द्वित्व, प्रत्यय, प्रयोजनपरक भेद, प्रायोगिक भाषाविज्ञान, समास

Abstract

यसमा अदालतको फैसलामा प्रयोग भएको नेपाली भाषाको अध्ययन भएको छ । अदालतको फैसलामा प्रयोग हुने भाषाका सन्दर्भमा रहेका समस्या र सुधारका विषयमा समेत यसमा महत्वपूर्ण सुझाब प्रस्तुत गरिएको छ । यस प्रकारको अध्ययनले नेपाली भाषाको प्रयोजनपरक अध्ययनका साथै जनताले न्याय पाउने अधिकारलाई पनि सहज बनाउने परिवेशको सिर्जना हुनेछ । अदालतको मुद्दाको फैसलामा प्रयोग भएका शब्दहरूको स्रोतगत अध्ययन गर्नु, अदालतमा मुद्दाको फैसलामा प्रयोग भएका शब्दहरूको निर्माण प्रक्रिया पहिचान गर्नु र अदालतका मुद्दाको फैसलामा भएका वाक्यहरूको गठन अध्ययन गर्नु महत्वपूर्ण हुन्छ । अदालतमा मुद्दाको फैसलामा प्रयोग भएका भाषाको स्रोत, निर्माण र वाक्यगठन सम्बन्धमा मुद्दाका फैसलामा फाइल अध्ययन गरी तथ्याङ्क सङ्कलन गरिएको छ । कानुनी नेपाली भाषामा लामो वाक्यमात्र नभई वाक्यगठनमा व्याकरणका नियमलाई पनि बेवास्ता गरिएको हुन्छ । यस्ता लेखाइमा अशुद्धता र प्रस्तुतिगत स्पष्टताको अभाव हुन्छ । यस्ता लेखनमा वाक्य पनि क्लिष्ट रहेका हुन्छन् । अदालतमा प्रयोग हुने नेपाली भाषामा संस्कृत, अरबी, फारसी, तुर्की आदि भाषाका शब्दहरूको बाहुल्य पाइन्छ । अदालती भाषामा पुरातन लेखनशैली पाइन्छ । यसमा पूर्णबिरामको सट्टा अल्पविराम चिह्न प्रयोग गरी वाक्य अस्वाभाविक रूपमा लम्ब्याउने र शुद्धताको बेवास्ता गर्ने गरेको देखिन्छ । अदालती लेखनमा अत्यन्त लामो प्रस्तुति गरिने भएकाले एउटै कुरा दोहरिएको हुन्छ । अदालती भाषाको यस प्रकारको पुनरावृत्तिलाई हटाउदै प्रस्तुतिलाई आवश्यकता अनुसार सङ्क्षिप्त बनाउनुपर्ने हुन्छ । यस प्रकारका लेखनमा कतिपय अनावश्यक तथ्यसमेत उल्लेख हुनाले प्रस्तुति लामो र भद्दा बन्नपुग्छ । यसका लागि यस्ता लेखनमा आवश्यक तथ्यहरू मात्र उल्लेख गरिनुपर्छ भन्ने कुरालाई मनन गर्नुपर्छ । अदालतमा प्रयोग हुने लेखनका लामो वाक्य आम अभ्यासको प्रचलनका रूपमा रहेको छ । यस प्रकारको प्रचलनलाई हटाई छोटा वाक्यहरूको प्रयोग गर्नु आवश्यक देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
19
PDF
19

Author Biography

दुर्गाप्रसाद Durga Prasad दाहाल Dahal, नेपाली शिक्षा विभाग, महेन्द्ररत्न क्याम्पस, ताहाचल

उप-प्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

दाहाल Dahal द. D. P. (2023). अदालतमा प्रयोग हुने नेपाली भाषा {Nepali Language Used in Court}. Mangal Research Journal, 4(01), 85–98. https://doi.org/10.3126/mrj.v4i01.61723

Issue

Section

Articles