नेपाली भाषा शिक्षणमा कक्षा अन्तरक्रियाका प्रभावक तत्व {Influencing Factors of Classroom Interaction in Nepali Language Teaching)

Authors

  • लक्ष्मीप्रसाद Laxmi Prasad आचार्य Acharya मध्यपश्चिम विश्वविद्यालय, वीरेन्द्रनगर, सुर्खेत Mid-western University, Birendranagar, Surkhet

DOI:

https://doi.org/10.3126/mj.v4i1.67823

Keywords:

अन्तरक्रिया, मनोवैज्ञानिक वातावरण, प्रभावक, व्यक्तित्व, शिक्षण संस्कार

Abstract

प्रस्तुत अध्ययनमा कक्षामा शिक्षक विद्यार्थीका बिच अन्तरक्रिया गर्ने क्रममा प्रभाव पार्ने तत्वका बारेमा अध्ययन गरिएको छ । माध्यमिक तहमा नेपाली भाषा शिक्षणका सन्दर्भमा शिक्षक विद्यार्थी अन्तरक्रियामा प्रभाव पार्ने पक्षको खोजी गर्ने उद्देश्यमा आधारित यस अध्ययनमा माध्यमिक तहका शिक्षकद्वारा कक्षा नौमा गरिएको नेपाली भाषा शिक्षण सिकाइ कार्यकलापको अवलोकन र शिक्षक अन्तर्वार्ताका माध्यमबाट अध्ययनीय सामग्रीको सङ्कलन गरिएको छ । भिगोत्स्की (सन् १९७८) को सामाजिक सांस्कृतिक सिकाइ मान्यतालाई आधार बनाएर सङ्कलित तथ्याङ्कको व्याख्या गरी निष्कर्ष खोजिएको छ । सङ्कलित सामग्रीको विश्लेषण गर्दा शिक्षकको शैक्षणिक सिपअनुसारका अन्तरक्रिया प्रयोग भएका छन् । कक्षा अन्तरक्रियालाई व्यवस्थित बनाउन शिक्षकको शिक्षण शैली प्रमुख पक्ष देखिएको छ भने यसलाई उद्देश्योन्मुख, प्रभावकारी बनाउन विद्यार्थीका विविध क्षमता र व्यक्तित्वले मुख्य भूमिका खेलेको पाइएको छ । शिक्षक विद्यार्थीका आपसी सम्बन्ध, पाठ्यविषय, विद्यार्थी सङ्ख्या, कक्षाको भौतिक वातावरण, शैक्षिक सामग्री, विद्यमान शैक्षणिक परिपाटी अन्तरक्रियाका प्रमुख प्रभावकका रूपमा देखिएका छन् । कक्षा अन्तरक्रियाका यस्ता विभिन्न स्रोतका प्रभावलाई पूर्ण रूपमा नियन्त्रण गर्न नसकिने भए तापनि तिनको प्रभाव कम गर्न सकिने अवस्था देखिन्छ । कक्षाको भौतिक तथा सहभागीको मनोवैज्ञानिक वातावरणअनुसार कक्षा अन्तरक्रिया सञ्चालन गर्न सकिएको खण्डमा समग्र भाषा शिक्षण सिकाइ प्रभावकारी हुने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
15

Downloads

Published

2024-07-16

How to Cite

आचार्य Acharya ल. L. P. (2024). नेपाली भाषा शिक्षणमा कक्षा अन्तरक्रियाका प्रभावक तत्व {Influencing Factors of Classroom Interaction in Nepali Language Teaching). Marsyangdi Journal, 4(1), 108–119. https://doi.org/10.3126/mj.v4i1.67823

Issue

Section

Articles