तीनघुम्ती उपन्यासमा व्यक्तिसत्ता {Individual Power in Teenghumti Novel}

Authors

  • विष्णु Bishnu न्यौपाने Neupane सरस्वती बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय Saraswoti Multiple Campus, Tribhuvan University

DOI:

https://doi.org/10.3126/mj.v4i1.67822

Keywords:

इच्छापूर्ति, आत्मगत निर्देशन, जीवननिर्णय, जैविक इच्छा, प्रायश्चित्त

Abstract

‘तीनघुम्ती उपन्यासमा व्यक्तिसत्ता’ शीर्षकको प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाको ‘तीनघुम्ती’ उपन्यासमा प्रस्तुत वैयक्तिक अस्तित्वको अध्ययनमा केन्द्रित छ । व्यक्तिसत्ता अस्तित्ववादको केन्द्रीय विषय हो । अस्तित्ववाद मानवीय अस्तित्वको अध्ययनमा आधारित दार्शनिक चिन्तन हो । व्यक्ति वा वस्तु जस्तो देखिन्छ र ठानिन्छ त्यो नै अस्तित्व हो । ‘तीनघुम्ती’ उपन्यासको विषयवस्तुमा इन्द्रमायाको जीवनलाई व्यक्तिसत्ताको केन्द्रमा राखी प्रस्तुत गरिएको छ । संसारका यावत् जीव तथा वस्तुको समग्रतामा व्यक्तिसत्ताको पहिचान र स्वतन्त्र निर्णयद्वारा व्यक्तिसत्ताको स्थापना गर्नु प्रस्तुत उपन्यासको मूल ध्येय रहेको छ । एउटी नारीले घर, परिवार, समाजबाट एक्लिनु परे पनि आफ्नो निर्णय गर्ने स्वतन्त्रताको मार्गलाई अपनाएकी छन् । यिनले गरेका निर्णयहरूले परिवर्तित समाज, परिवर्तित मानसिकता र नवीन सोचलाई आत्मसात् गरेका छन् । समाजले के भन्छ तथा नियतिले के गर्छ भनेर यिनी निर्णय गर्नबाट चुप लागेर बसेकी छैनन् । समाजका कतिपय विचार र परम्परालाई व्यक्ति इच्छाको परिपूर्तिका लागि निर्णय गर्नुपर्छ, नियतिका माखेसाङ्लालाई पनि भत्काउने प्रयास गर्नुपर्छ भनी यिनले भटाभट एकपछि अर्को निर्णय गरेकी छन् । व्यक्तिसत्तालाई मूल समस्याका रूपमा यस अध्ययनमा लिई अस्तित्ववादको सैद्धान्तिक पर्यावरणमा उपन्यासको व्याख्या विश्लेषण गरी व्यक्तिसत्ताको निक्र्यौल गरिएको छ । पुस्तकालय अध्ययनकार्यका आधारमा प्राथमिक र द्वितीयक स्रोतसामग्री सङ्कलन गरी यिनै सामग्रीको अध्ययन र पुनरावलोकनबाट गुणात्मक अनुसन्धान ढाँचामा विश्लेषित यस अनुसन्धानात्मक लेखमा इन्द्रमायाका तीन निर्णयहरूको विभिन्न सन्दर्भमा व्याख्याविश्लेषण गरी स्वतन्त्रतावरणका ती निर्णयहरू व्यक्तिसत्ताको स्थापनाका लागि गरिएका र महङ्खवपूर्ण थिए भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2024-07-16

How to Cite

न्यौपाने Neupane व. B. (2024). तीनघुम्ती उपन्यासमा व्यक्तिसत्ता {Individual Power in Teenghumti Novel}. Marsyangdi Journal, 4(1), 99–107. https://doi.org/10.3126/mj.v4i1.67822

Issue

Section

Articles