रससिद्धान्तका आधारमा ‘लाहुरी भैंसी’ कथा

Authors

  • Sumitra Devi Tamang उप–प्राध्यापक नेपाली विभाग, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर, त्रिभुवन विश्वविद्यालय https://orcid.org/0009-0001-4746-6110
  • Hari Prasad Dahal शाखा अधिकृत त्रि.वि. अनुगमन निर्देशनालय, त्रिभुवन विश्वविद्यालय https://orcid.org/0009-0000-8761-7166

Keywords:

अनुभाव, आलम्बन, उद्दीपन, विभाव, काव्यात्मा

Abstract

प्रस्तुत लेख रससिद्धान्तका आधारमा कथाकार रमेश विकलद्वारा लिखित ‘लाहुरी भैंसी’ कथाको विश्लेषणमा केन्द्रित रहेको छ । गुणात्मक प्रकृतिको यस लेखमा पाठविश्लेषण विधिको उपयोग गरिएको छ । यस लेखको प्राथमिक स्रोतको सामग्री लाहुरी भैँसी कथा हो भने यस कथाका सम्बन्धमा गरिएका पूर्वाध्ययन र रससँग सम्बन्धित विभिन्न पुस्तक, पत्रपत्रिका, अनुसन्धानात्मक जर्नलमा प्रकाशित सामग्रीलाई द्वितीयक स्रोतका रूपमा उपयोग गरिएको छ । यस लेखको सैद्धान्तिक आधार र अवधारणा संस्कृत काव्यचिन्तनमा स्थापित रससिद्धान्त हो । कथाकार रमेश विकलको प्रस्तुत ‘लाहुरी भैंसी’ सामाजिक विषयवस्तुमा आधारित कथा हो । वर्गीय द्वन्द्वलाई मुख्य समस्या बनाइएको प्रस्तुत कथामा समाजमा उच्च वर्गका मानिसले निम्न वर्गका मानिसलाई शोषण गरेर तिनको अवस्थालाई कसरी जर्जर तुल्याइदिन्छ भन्ने कुरालाई कारुणिक रूपमा चित्रण गरिएको छ । नेपाली समालोचनामा रमेश विकलका कथाहरूको अध्ययन माक्र्सवादी, प्रगतिवादी वा समाजशास्त्रीय दृष्टिकोणबाट हुँदै आएको छ तर उनका कथामा अन्तर्निहित सौन्दर्यात्मक पक्ष विशेषतः रसनिष्पत्तिको कोणबाट पर्याप्त अध्ययन भएको पाइँदैन तसर्थ यसैलाई मुख्य समस्या बनाई प्रस्तुत लेखमा रसनिष्पत्तिको खोजी गरिएको छ ।    यस क्रममा भरतमुनिको सूत्रका आधारमा ‘लाहुरी भैंसी’ कथालाई हेर्दा विभाव, अनुभाव र सञ्चारीभावको उचित प्रयोगद्वारा करुण रसलाई परिपाकावस्थामा पु¥याइएको छ । 

Abstract
23
PDF
65

Downloads

Published

2026-09-23

Issue

Section

Articles

How to Cite

Tamang, S. D., & Dahal, H. P. (2026). रससिद्धान्तका आधारमा ‘लाहुरी भैंसी’ कथा. Medha: A Multidisciplinary Journal, 9(1), 59-70. https://doi.org/10.3126/medha.v9i1.99918