‘छापामारको छोरो’ कथामा अर्थको उत्पादन

Authors

  • Anil Adhikari उपप्राध्यापक, नेपाली विभाग, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, त्रिभुवन विश्वविद्यालय https://orcid.org/0009-0001-4095-8833
  • Maya Ghimire माया घिमिरे, उपप्राध्यापक, नेपाली विभाग, राममणि बहुमुखी क्याम्पस, रूपन्देही, त्रिभुवन विश्वविद्यालय

Keywords:

प्रतिनिधित्व, प्रतिरोध, प्रभुत्व, विचारधारा, सामाजिक संरचना, सीमान्तीय

Abstract

प्रस्तुत लेख ‘छापामारको छोरो’ कथामा अर्थको उत्पादन विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुने यस लेखका लागि आवश्यक सामग्री पुस्तकालयबाट सङ्कलन भएका छन् । यस लेखको सैद्धान्तिक आधार सांस्कृतिक अध्ययनअन्तर्गत अर्थको उत्पादन हो । अर्थको उत्पादन साहित्यिक अध्ययनमा पछिल्लो समयमा विकसित भएको एक अध्ययनपद्धति हो । यसले साहित्यिक पाठको अध्ययन गर्दा त्यसमा प्रस्तुत सांस्कृतिक स्वरूप र समाजमा प्रचलित सांस्कृतिक मूल्यमान्यताको अन्र्तसम्बन्धका साथै सामाजिक संरचनामा शक्तिसम्बन्धका आधारमा निर्माण भएका भाष्यसम्बन्धी पक्षको अध्ययन गर्दछ । यस लेखमा विश्लेष्य कथामा सांस्कृतिक अध्ययनका बहुआयाम र विविध आधारमध्ये सामाजिक संरचनागत प्रतिनिधित्व, लेखकीय विचारधारा, सत्तासम्बन्धअन्तर्गत प्रभुत्वको विश्लेषण तथा अर्थको उत्पादनका आधारमा मूल्याङ्कन गरिएको छ । नेपाली समाजको सांस्कृतिक निर्मितिका आधारमा बहुलताको प्रतिनिधित्व गर्ने कथ्य प्रस्तुत गरिएको यस कथामा सामाजिक संरचनागत प्रतिनिधित्वका दृष्टिले वर्गीय, जातीय र लिङ्गीय पहिचान प्रस्तुत गरिएको छ । यस कथामा परम्परागत सत्ताविरुद्ध प्रतिरोध र क्रान्तिका वर्गीय नेतृत्वको प्रतिनिधिका स्थानमा परिवारका सदस्यलाई नियन्त्रण र गिरफ्तार गर्ने सत्ता, सत्ताको दमनकारी अङ्गको भूमिकामा प्रहरी प्रशासनले नारीमाथि गर्ने दमनको प्रस्तुति भएको छ । आरम्भमा दबाबद्वारा र कथान्तमा सहमतीय आधारमा प्रभुत्व स्थापित गर्न खोजिएको छापामारको छोराका क्रियाकलापको अवलोकनबाट समाख्याताको मनमा छापामारप्रति उब्जिएको परिवर्तित दृष्टिकोणले ज्ञानउत्पादनमा सहयोग पु¥याएको लेखकीय दृष्टिकोण तटस्थ नरहेको  विषयमा विमर्श भएको छ । 

 

Abstract
58
PDF
28

Downloads

Published

2026-09-23

Issue

Section

Articles

How to Cite

Adhikari, A., & Ghimire, M. (2026). ‘छापामारको छोरो’ कथामा अर्थको उत्पादन. Medha: A Multidisciplinary Journal, 9(1), 1-19. https://doi.org/10.3126/medha.v9iI.99872