‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
DOI:
https://doi.org/10.3126/medha.v8i2.92602Keywords:
अधीनस्थ, आघात, दासत्व, प्रभुत्व, भञ्जन, विभेदAbstract
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको आमूल नारीवादी समालोचना सिद्धान्तको उपयोग गरिएको छ । यसमा ‘दोस्रो सत्ता’ कथामा प्रयुक्त आमूल नारीवादी चेतनालाई शोध समस्याका रूपमा लिइएको छ । आमूल नारीवाद नारीवादी समालोचना सिद्धान्तअन्तर्गत रहेको एक महत्त्वपूर्ण पक्ष हो । ‘दोस्रो सत्ता’ कथामा आमूल नारीवादको अभिव्यक्ति के कसरी प्रकट भएको छ भन्ने प्राज्ञिक समस्याको निरूपण गर्नु प्रस्तुत आलेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान ढाँचा तथा विश्लेषण विधिको प्रयोग गरिएको यस आलेखमा पुस्तकालयीय स्रोतअन्तर्गत रही ‘दोस्रो सत्ता’ कथालाई प्राथमिक सामग्री र सम्बद्ध रहेका अन्य सामग्रीलाई द्धितीयक सामग्रीको रूपमा प्रयोग गरिएको छ । प्रस्तुत आलेखमा उक्त कथामा निहित आमूल नारीवादको निर्क्योल गरिएको छ । कथामा आमा पुस्ताले भोग्नुपरेको लैङ्गिक उत्पीडन र शोषणको तथा छोरी पुस्ताले पुरुषसत्ताका विरुद्ध गरेको प्रतिशोधको बारेमा विमर्श गरिएको छ । आजका नारीहरू पुरुषहरूद्वारा शासितमात्र छैनन्, पुरुषहरूमाथि शासन पनि गरिरहेका छन्, आलेखमा एकातिर पितृसत्ताको चङ्गुलमा बाँच्न बाध्य नारीहरूको जीवन भोगाईमा आधारित रही विश्लेषण गरिएको छ भने अर्कातिर पितृसत्तात्मक समाजको विभेदकारी मूल्य, मान्यता र संस्कारको विरुद्धमा उभिएर आफ्नो सत्ता निर्माणका लागि र नारी मुक्तिका लागि आवाज उठाइएको पक्षको अध्ययन गरिएको छ । विगतमा नारीमाथि गरिएको लैङ्गिक विभेद र उत्पीडनको विश्लेषण गर्दै समाजमा वर्चश्व कायम राख्दै आएका पुरुष एकाधिकारको भञ्जन गरी नारीसत्ता कायम गर्नका लागी नारीहरूको भूमिका महत्त्वपूर्ण रहेको मूल प्राप्ति प्रस्तुत गरी निष्कर्षमा पुगिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Mahendra Morang Adarsha Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.