‘मोन्टाज ७ सिनोप्सिस’ कथामा अकथात्मकता

Authors

  • Ananta Lamsal शिक्षक, अर्वना स्कुल अफ साइन्स, काठमाडौँ

DOI:

https://doi.org/10.3126/medha.v8i1.85086

Keywords:

अकथा, अन्वितिहीनता, असम्बद्धता, दृश्यप्रधानता, लेखिमिक विचलन, विधाविभग्नता

Abstract

प्रस्तुत लेखमा कथाकार कुमार नगरकोटीद्वारा लिखित ‘मोन्टाज ७ सिनोप्सिस’ कथालाई कथामा प्रयुक्त अकथात्मक विशेषताहरुका सम्बन्धमा अन्तर्वस्तु र भाषाशैलीलाई केन्द्रमा राखी अकथात्मकताका सैद्धान्तिक कोणबाट विश्लेषण गरिएको छ । उत्तरआधुनिकता तथा विनिर्माणअन्तर्गत पर्ने अकथा कथालेखनको विधासिद्धान्त, संरचक घटक तथा शैलीको भञ्जन गरी लेखिने कथालेखनको शैली हो । यस्ता कथाहरूमा परम्परागत कथालेखनका मान्यताहरूलाई भत्काउँदै नवीन शैलीको वरण गरिएको हुन्छ । ‘मोन्टाज ७ सिनोप्सिस’ कथाको अन्तर्वस्तुअन्तर्गतका कथानक, पात्र, परिवेश तथा भाषाशैलीमा देखिएका अकथात्मक विशेषताले कथालाई कसरी अकथा बनाएको छ भन्ने तथ्यलाई साक्ष्यका माध्यमबाट पुष्टि गरिएको छ । अकथात्मक विशेषताका माध्यमबाट प्रस्तुत कथाले परम्परागत कथाविधालाई चुनौती दिँदै विशृङ्खलित कथावस्तु, चेतनप्रवाह शैली, दृश्यात्मकता, अश्लीलता, वीभत्सता, लेख्य चिन्हहरूको अराजक प्रयोग र विधामिश्रणका माध्यमबाट आफूलाई अकथाका पक्षमा उभ्याएको छ । यस प्रकारको प्रयोगले नेपाली कथाको सौन्दर्यबोधमा नयाँ विमर्शको प्रवेश गराएको, कथा सुशृङ्खलतामा नभई अपत्यारिलो प्रयोग, पाठकीय व्याख्या र खुला अर्थको दिशातर्फ अघि बढेको र कथाले समकालीन लेखनमा अभिव्यक्तिको वैकल्पिक ढाँचा स्थापना गर्दै अकथात्मकताको सशक्त उदाहरण प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
64
PDF (नेपाली)
23

Published

2025-10-14

How to Cite

Lamsal, A. (2025). ‘मोन्टाज ७ सिनोप्सिस’ कथामा अकथात्मकता. Medha: A Multidisciplinary Journal, 8(1), 1–12. https://doi.org/10.3126/medha.v8i1.85086

Issue

Section

Articles