तिउरीको फूल, पायरियाको गन्ध कथामा शरीर राजनीति

Authors

  • Ishwori Pandey शिक्षक, नेपाली विभाग, काव्य स्कुल बानेश्वर, काठमाडौँ

Keywords:

प्रभुत्वशाली, सीमान्तकृत, राजनीति, पितृसत्ता, वस्तुकरण

Abstract

प्रस्तुत लेख पारिजातको तिउरीको फूल पायरियाको गन्ध कथामा शरीर राजनीतिको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित रहेको छ । यस लेखमा पुस्तकालयीय पद्धतिबाट सामग्री सङ्कलन गरी शरीर राजनीति सम्बन्धित प्राज्ञिक जिज्ञासाको समाधान गर्ने प्रयास गरिएको छ । शरीर राजनीति लैङ्गिक अवधारणा अन्तरगतको शरीर केन्द्रित व्यवहार हो । यो जन्मजात विशेषता नभई सामाजिक र मानवीय व्यवहारको उपज भएकोले यो व्यक्तिगत स्वतन्त्रतासँग सम्बन्धित हुन्छ। विशेष गरी शक्ति संरचनाको आधारमा सीमान्त शरीरलाई शारीरिक सुन्दरता, बनावट, लिङ्ग, जात, छालाको रङ आदिका आधारमा नियन्‍त्रण गरी उनीहरूमाथि विभेदपूर्ण व्यवहार गर्नु शरीर राजनीति हो । शरीर राजनीतिलाई मिसेल  फुकोल्टले सत्ता र शक्ति संरचनाको आधार मानेका छन् भने  जुडिथ बटलरले महिलाको शरीरमाथि हुने सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक नियत्रणलाई मानेकी छन् । पितृसत्तात्मक पुरुषप्रधान समाजमा महिलालाई विभन्न बहानामा शारीरिक शोषण, दमन, हिंसा गरी अधीनस्थ  र कमजोर बनाई उनीहरूलाई नियन्त्रण गरी भोग्य वस्तुका रूपमा सम्झने संस्कारले शरीर राजनीतिलाई बलियो बनाएको छ । शरीर राजनीतिले महिला शरीर मात्र नभई पुरुष शरीरमाथि हुने राजनीतिको पनि अध्ययन गर्दछ तर यस लेखमा  महिला शरीरमाथि भएको भोगवादी शरीर राजनीति, पितृसत्ता र लैङ्गिकताका आधारमा विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस लेखमा शरीर राजनीतिलाई सैद्धान्तिक पर्याधार बनाएर गुणात्मक ढाँचा अबलम्बन गरी उक्त कथामा प्रयुक्त पुरुषपात्रहरूले अबोध लाटी युवतीप्रति गरेका विचार र व्यवहारमाई विश्लेषण र मूल्याङ्कन गरी शरीर राजनीतिको कोणबाट केलाउने प्रयास गरिएको छ । यस कथाकी मुख्य नारी पात्र लाटी हो । सडक पेटी, गल्ली, मन्दिरको छेउछाउमा खुल्ला आकाशमुनी रात बिताउन बाध्य लाटीको बैंस कुट्न कल्पिएका र पल्किएका ‘म’ पात्र, रिक्सावाल, टुरिस्ट गइड, प्रहरीजस्ता सचेत पुरुष पात्रहरूको यौनजन्य मानसिकतालाई यहाँ शरीर राजनीतिको रूपमा विश्लेषण गरिएको छ । जसका आधआरमा नारीहरू पुरुषका यौन सन्तुष्टिका साधक र पुरुषको  उपभोगीय वस्तु रहेको निष्कर्ष निकालिएको छ । 

Abstract
95
PDF (Nepali)
0

Downloads

Published

2025-10-14

How to Cite

तिउरीको फूल, पायरियाको गन्ध कथामा शरीर राजनीति. (2025). Medha: A Multidisciplinary Journal, 8(1), 13-24. https://doi.org/10.3126/medha.v8i1.85085

Issue

Section

Articles

How to Cite

तिउरीको फूल, पायरियाको गन्ध कथामा शरीर राजनीति. (2025). Medha: A Multidisciplinary Journal, 8(1), 13-24. https://doi.org/10.3126/medha.v8i1.85085