झोला कथासङ्ग्रहका कथाहरूमा मनोविज्ञान
DOI:
https://doi.org/10.3126/medha.v7i2.76042Keywords:
बालमनोविज्ञान, यौनमनोविज्ञान, अपराध मनोविज्ञान, कामवृत्तिAbstract
कृष्ण धरावासीकृत झोला कथासङ्ग्रहमा रहेका कथाहरूको मनोविज्ञानपरक अध्ययन यस लेखमा गरिएको छ । झोला कथासङ्ग्रहमा जम्मा १२ ओटा कथाहरू समेटिएका छन् । यी कथाहरूमा मनोविज्ञानको प्रयोगको अवस्था के कस्तो छ भन्ने मूल प्राज्ञिक समस्याअनुरूप उक्त कथाहरूमा प्रयोग भएका मनोविज्ञानको प्रयोगावस्था पत्ता लगाउने उद्देश्य यस लेखमा लिइएको छ । मनोविज्ञान भनेको मान्छे तथा पशुहरूको व्यवहारको अध्ययन गर्ने विज्ञान हो । झोला कथासङ्ग्रहमा रहेका विभिन्न कथाहरूमा मानवीय पात्रहरूमा बालमनोविज्ञान, यौनमनोविज्ञान र अपराधमनोविज्ञानजन्य व्यवहार अभिव्यक्त भएकाले यहाँ उक्त कथासङ्ग्रहका कथाहरूलाई अध्ययनका लागि चयन गरिएको छ । यस कथासङ्ग्रहका कथाका सान्दर्भिक प्रयोगहरूलाई प्राथमिक स्रोतका सामग्री र विभिन्न पुस्तक तथा लेखरचनाहरूलाई द्वितीय स्रोतका सामग्री मानेर ती दुवै स्रोतका सामग्रीलाई यहाँ उपयोग गरिएको छ । सामग्रीहरूको सङ्कलन पुस्तकालयबाट गरिएको छ भने तिनको प्रस्तुतीकरण विश्लेषणात्मक विधिबाट गरिएको छ । गुणात्मक ढाँचाको अवलम्बन गरी लेखिएको यस लेखमा सामग्रीको विश्लेषणका निमित्त बालमनोविज्ञान, यौनमनोविज्ञान तथा अपराधमनोविज्ञानलाई सूचकका रूपमा उपयोग गरिएको छ । यी सूचकका आधारमा गरिएको विश्लेषणबाट झोला कथासङ्ग्रहका धेरैजसो कथाहरूमा मनोविज्ञानको प्रयोग भएको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Mahendra Morang Adarsha Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.