उत्तरवर्ती नेपाली कवितामा विधाविनिर्माण : प्रायोगिक संश्लेषणपत्रको प्रारूप

Authors

  • Anil Adhikari उपप्राध्यापक (नेपाली विभाग), महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर https://orcid.org/0009-0001-4095-8833

Keywords:

विनिर्माण, अन्तर्घुलन, विधान्तरण, विधाप्रत्ययन, विधामिश्रण

Abstract

प्रस्तुत लेखमा उत्तरवर्ती नेपाली कवितामा विधाविनिर्माणसँग सम्बन्धित संश्लेषणअन्तर्गत प्रयोगिक संश्लेषणपत्रको रूपरेखा तथा लेखनपद्धतिका विषयमा विवेचना गरिएको छ । यस लेखका लागि सामग्रीको सङ्कलन पुस्तकालयबाट गरिएको छ भने यसमा द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ । यस लेखमा विधिाविनिर्माणका प्रारूपका विषयमा गरिएका पूर्वाध्ययनको समीक्षा गरी अध्ययनका लागि रिक्तताको पहिचान गर्ने आधार र अवधारणासम्बन्धी पक्षलाई विनिर्माण, अन्तर्घुलन, विधाप्रत्ययन र विधामिश्रणजस्ता विषयमा वर्गीकरण गरी अध्ययन गरिने भएकाले यो विषयवस्तु विश्लेषणकेन्द्री अध्ययन हो । यस लेखलाई निष्कर्षणका लागि गुणात्मक अनुसन्धान पद्धतिको उपयोग गरिएको छ । नेपाली साहित्यमा विधाविनिर्माणसम्बन्धी अध्ययन उत्तरआधुनिकताको प्रवृत्तिका रूपमा विनिर्माण स्थापित रहेको पक्षमा केन्द्रीकृत अवधारणा प्रस्तुत गरिएका छन् । साहित्यिक विधाविनिर्माणको प्रवृत्ति उत्तरआधुनिक नभई यो विनिर्माणको सिद्धान्तसापेक्ष नै प्रतिपाद्य रहने विषय रहेकाले नेपाली कविताको उत्तरवर्ती चरणमा मूल प्रवृत्तिका रूपमा स्थापित विधाविनिर्माणका विषयमा गरिएका पूर्वअध्ययनको विश्लेषण गरी यस विषयमा शोधरिक्तताको पहिचानसँग सम्बन्धित विषयको औचित्यको संश्लेषणका सम्बन्धमा यस लेखमा विमर्श गरिएको छ ।

Abstract
168
PDF
0

Downloads

Published

2025-04-07

How to Cite

उत्तरवर्ती नेपाली कवितामा विधाविनिर्माण : प्रायोगिक संश्लेषणपत्रको प्रारूप. (2025). Medha: A Multidisciplinary Journal, 7(2), 1-12. https://doi.org/10.3126/medha.v7i2.76023

Issue

Section

Articles

How to Cite

उत्तरवर्ती नेपाली कवितामा विधाविनिर्माण : प्रायोगिक संश्लेषणपत्रको प्रारूप. (2025). Medha: A Multidisciplinary Journal, 7(2), 1-12. https://doi.org/10.3126/medha.v7i2.76023