नेपाली भाषामा हुने गरेका त्रुटि, कारण र निराकरणका उपायहरू

Authors

  • प्रेमप्रसाद Prem Prasad चौलागाईं Chaulagai उपप्राध्यापक, नेपाली विभाग, त्रिचन्द्र कलेज, घण्टाघर, काठमाडौँ

Keywords:

असावधानी, उदासीनता, त्रुटि, निराकरण, सचेतता

Abstract

प्रस्तुत लेख नेपाली भाषामा हुने गरेका त्रुटिको पहिचान, त्रुटि हुनुका कारणका साथै तिनको निराकरणका उपायको निर्क्योलमा केन्द्रित छ । यसैले यस लेखमा पहिचानात्मक, विश्लेषणात्मक र निदानात्मक विधिमा आधारित भई नेपाली भाषाका विभिन्न सामग्रीबाट त्रुटिको सङ्कलन, तिनका शुद्ध रूपको विन्यासका साथै त्रुटि हुनुका कारण र तिनको निराकरणका उपायको खोजी गरिएको छ । शुद्ध रूपको विन्यासका लागि नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित शब्दकोश र व्याकरणका पछिल्ला संस्करणलाई आधार बनाइएको छ । अध्ययनका क्रममा नेपाली भाषाका अधिकांश सामग्रीमा त्रुटि भएको पाइएको र ती त्रुटि हुनुमा भाषिक अज्ञान, भाषाप्रयोगका दृष्टिले आदर्श मानिएका सामग्रीमा समेत त्रुटि हुनु, असावधानी, उदासीनता, अन्य भाषाको प्रभाव प्रमुख कारक रहेको निष्कर्ष प्राप्त भएको छ । यस्तै सङ्कलित त्रुटिहरूको विश्लेषणबाट त्रुटिनिराकरणका उपायहरू पनि प्राप्त भएका छन् । नेपाली भाषामा हुने गरेका त्रुटिहरूको निराकरणका लागि अवलम्बन गर्नुपर्ने उपायहरूमा भाषाप्रयोगमा सचेत हुनुपर्ने, भाषिक ज्ञान बढाउने सामग्रीको अध्ययनमा जोड दिनुपर्ने, सरकारले भाषासम्बन्धी नीतिको निर्माणका साथै त्यसको कार्यान्वयनमा नेतृत्व लिनुपर्ने, सञ्चारमाध्यमले त्रुटिरहित भाषाको प्रयोग गर्नुपर्ने, मानक व्याकरणको निर्माण गर्नुपर्ने, शब्दकोश र पाठ्यपुस्तकमा रहेका त्रुटिहरूको संशोधन गर्नुपर्ने, विज्ञको सहमतिपछि मात्र भाषिक सामग्रीको प्रकाशन गर्नुपर्ने, समय समयमा तालिम तथा गोष्ठीको आयोजना गर्नुपर्ने, त्रुटिनिराकरण अभियान सञ्चालन गर्नुपर्ने मुख्य हुन् । यसर्थ नेपाली भाषामा हुने गरेका त्रुटिहरूको कारण मनन गर्दै त्रुटिनिराकरणका उपायको अवलम्बन गर्ने हो भने यसको त्रुटिरहित प्रयोग सम्भव छ भन्ने यस लेखबाट प्राप्त भएको मुख्य निष्कर्ष हो । 

Abstract
131
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

नेपाली भाषामा हुने गरेका त्रुटि, कारण र निराकरणका उपायहरू. (2024). Medha: A Multidisciplinary Journal, 7(1), 25-38. https://doi.org/10.3126/medha.v7i1.73909

Issue

Section

Articles

How to Cite

नेपाली भाषामा हुने गरेका त्रुटि, कारण र निराकरणका उपायहरू. (2024). Medha: A Multidisciplinary Journal, 7(1), 25-38. https://doi.org/10.3126/medha.v7i1.73909