‘म शून्यमा शून्य सरी’ कवितामा ध्वनि

Authors

  • राजु Raju भुसाल Bhusal उपप्राध्यापक, नेपाली विभाग, बुटवल बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/medha.v7i1.73902

Keywords:

अविवक्षित वाच्यध्वनि, लक्षणामूल, विवक्षितान्यपरवाच्यध्वनि, अभिधामूल, वेदान्त सार

Abstract

प्रस्तुत लेख महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचना गरिएको म शून्यमा शून्य सरी कवितामा अभिव्यञ्जित ध्वनिको अध्ययनका केन्द्रित छ । यो कविता नेपाली भाषामा लेखिएको देवकोटाको अन्तिम कविता हो । यसमा ध्वनिको सैद्धान्तिक परिचयका साथै यसका मुख्य दुई भेद- अविवक्षित वाच्यध्वनि/लक्षणामूला र विवक्षितान्यपरवाच्यध्वनि/अभिधामूलाको समेत चर्चा गर्दै यसका आधारमा प्रस्तुत कविताको विश्लेषण गरिएको छ । यस अध्ययनमा उपजाति छन्दका जम्माजम्मी चारओटा श्लोकमा आबद्ध प्रस्तुत कविताको विभिन्न उपशीर्षकहरूमा विश्लेषण गरिएको छ । कविले जीवनकालमा सांसारिकतामा भुलेर श्रीकृष्ण वा परमात्मा विषयक भक्ति, ज्ञान र विवेकको यथोचित साधना गर्न नसकेको तथा पूर्वीय आध्यात्मिक संस्कार र संस्कृतिको संरक्षण र संबद्र्धन गर्न नसकेको पीडा प्रस्तुत कवितामा अभिव्यक्त गरेको निष्कर्ष यस लेखमा निकालिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

भुसाल Bhusal र. R. (2024). ‘म शून्यमा शून्य सरी’ कवितामा ध्वनि. Medha: A Multidisciplinary Journal, 7(1), 39–44. https://doi.org/10.3126/medha.v7i1.73902

Issue

Section

Articles