ठूलोदुम्मामा ढुकुरसिंह पूजाको प्रचलन तथा प्रभाव

Authors

  • नीलमणि Nil Mani भट्टराई Bhattarai शिक्षण सहायक, इतिहास विभाग, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर

Keywords:

परम्परा, प्रचलन, संस्कृति, संस्कार

Abstract

नेपाली समाज बिविधतामा एकता भएको समाज हो । यहाँ विभिन्न भाषा, धर्म, संस्कार र संस्कृतिहरू रहेका छन् । नेपाल बहुजातीय देश भएकोले यहाँका प्रत्येक जाति र सम्प्रदायका आ–आफ्नै रीतिरिवाज र संस्कृतिहरू प्रचलित छन् । नेपालको पूर्वीक्षेत्रमा प्रचलित एउटा संस्कृति ढुकुरसिंह पूजा हो, जसलाई राजगैयाको नामले पनि चिनिन्छ । यो पूजा भोजपुर जिल्ला पौवादुङमा वार्ड नं. ६ मा बसोबास गर्ने राई जातिमा प्रचलित छ तर यो राई जातिका सबै पाछाहरूमा भने छैन । राई जाति यहाँको पुरानो जाति हो । यस्तै क्रममा यस अध्ययन क्षेत्रमा प्रचलनमा रहेको ढुकुरसिंह पूजाको अध्ययन गर्ने क्रममा प्राप्त लिखित स्रोत तथा अध्ययन क्षेत्रका बूढापाका, बुद्धिजिबी लगायतका व्यक्तिहरूसँगको छलफल तथा स्थलगत अवलोकनसमेत गरी उपलब्ध स्रोतलाई व्याख्या विश्लेषण गरी निष्कर्षको खोजी गर्दा यो पूजाको प्रचलन आधुनिक कालबाट मात्र सुरु भए तापनि एकिन मितिको भने अझै खोजी गर्नु पर्ने आवश्यकता रहेको छ । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले माझकिरात क्षेत्र विजय गरेपछि शासन केन्द्रीकृत भयो । न्यायप्रणाली पनि केन्द्रीकृत हुँदा यस अध्ययन क्षेत्रका छिवात्पाङ पाछाका मस्तसिंह राई मुद्दाको सिलसिलामा काठमाडौं पुगे । त्यहाँ उनीसँगै गएका उनका भाइ हराएपछि भाइको खोजी गर्दै जाँदा उनी एउटा मन्दिरमा राँगोको बलि दिएर पूजा गरेको देखे र उनले मेरो भाइ भेटियो र मैले मुद्दा जिते भने यहाँ तिमीलाई दुई सिंङ्गेले पूजा गर्ने गरेको रहेछ, मेरो गाउँमा लगेर नौ सिंङ्गेले पूजा गर्ने छु, भनी भाकल गर्‍यो । उसको भाइ पनि भेट्टियो भने मुद्दा पनि जित्यो । त्यसपछि गाउँमा आएर उसैले ढुकुरसिंह नाम राखी कुखुराले बलि दिएर पूजा गर्ने प्रचलन चलाएको विश्वास रहेको छ । यस पुजामा प्रसादको रूपमा प्रयोग गरिएको बाबरको विशेष महत्त्व रहेको छ । जुन प्रसादस्वरूप बाबर खाएमा त्यसलाई पछ्याउने र उसले पनि ढुकुरसिंह पूजा गर्नु पर्ने विश्वास रहेको छ । बैसाख पूर्णिमा र मङ्सीर पूर्णिमामा गरी बर्षमा दुईपटक सम्पन्न गरिन्छ । छिवात्पाङ पाछाका चेली विवाह गरेमा उसलाई पनि पछ्याउने र पूजा गर्नु पर्ने विश्वास रहेको छ । जसको कारण हाल आएर यहाँका धेरैजसो राईहरूले यो पूजा गर्ने गरेका छन् । हाल यसको प्रचलन यहाँ मात्र सीमित छैन । विवाह र बसाइसराईको कारण यसको प्रभाव क्षेत्र बढिरहेको विषयमा विमर्श गरिएको छ ।

Abstract
97
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

ठूलोदुम्मामा ढुकुरसिंह पूजाको प्रचलन तथा प्रभाव. (2024). Medha: A Multidisciplinary Journal, 7(1), 45-50. https://doi.org/10.3126/medha.v7i1.73890

Issue

Section

Articles

How to Cite

ठूलोदुम्मामा ढुकुरसिंह पूजाको प्रचलन तथा प्रभाव. (2024). Medha: A Multidisciplinary Journal, 7(1), 45-50. https://doi.org/10.3126/medha.v7i1.73890