शाहजहाँको इच्छा कविताको लयविधान
DOI:
https://doi.org/10.3126/medha.v6i2.69906Keywords:
आवृत्ति–समानान्तरता, विचलन, लोप, लेख्यचिह्न, वैपरीत्यमूलकAbstract
यो लेख शाहजहाँको इच्छा कवितामा लयविधान विषयक मूलसमस्याको समाधानमा केन्द्रित छ । गुणात्मक अनुसन्धान, पाठविश्लेषण ढाँचा र विश्लेषणात्मक विधिको प्रयोग हुने यस लेखमा लयविधान सैद्धान्तिक आधार हो । कवितामा एक मात्रादेखि अर्को मात्रासम्म पुग्दा लाग्ने अवधि लय हो भने यसको उत्पत्ति गति, यति, प्रवाह र विश्रामको नियमित र क्रमबद्ध सङ्घातबाट हुने गर्दछ । काव्यिक सङ्कथनमा ध्वनितत्त्वको व्यवस्थित संयोजनबाट निर्माण हुने साङ्गीतिक अन्तप्र्रवाह नै लयका रूपमा स्थापित हुन्छ भने छन्दोबद्ध कवितामा यसप्रकारको अन्तप्र्रवाह अनुच्छेद योजना र पङ्क्तिविन्यास, आवृत्ति/समानान्तरता, विचलन, लोप, लेख्यचिह्न तथा शब्दको वैपरीत्यमूलक प्रयोगजस्ता सूक्ष्म पक्षले सिर्जना गर्ने समध्वन्यात्मक उच्चार, ध्वनिसङ्गीत, लयात्मकता र तिनको अन्तर्सम्बन्ध अन्तर्साङ्गीतिकलालाई थप सशक्त तुल्याउने आधार बन्दछन् । प्रस्तुत कविता मात्रा छन्दमा संरचित सघन ध्वन्यात्मक साङ्गीतिकता प्रवाहित कविता हो । यस कवितामा रकारादि अन्तस्थ तथा स्पर्शी वर्णको प्रचूर आवृत्तिले काव्यिक लयप्रवाहमा ध्वन्यात्मक साङ्गीतिकता सिर्जना गर्दै कवितालाई माधुर्य गुणसम्पन्न तुल्याएको छ भने निनादपूर्ण सुललित कोमल पदावलीको संयोजनले काव्यिक भाव र लयबीच तादात्म्य सम्बन्ध स्थापित गरी सन्तुलित विश्राम र आवृत्तिलाई व्यवस्थित तुल्याउन प्रयोग गरिएका लेख्यचिह्न तथ वैपरीत्यमूलक शब्दविन्यास रहेको प्रस्तुत कविता उच्चतम ध्वनिसाङ्गीतिकताका कारण गीत्यात्मकतातर्फ अभिमुख कविता रहेको विषयमा विमर्श भएको छ ।