कालीपारे दाइ कति राम्रो गीतको सन्दर्भ विश्लेषण

Authors

  • रेखा Rekha रेग्मी Regmi म्याग्दी बहुमुखी क्याम्पस, बेनी

Keywords:

मनोवादात्मक, समाख्याता, एकालापी, वैयक्तिक, संज्ञान

Abstract

प्रस्तुत लेख कालीपारे दाइ कति राम्रो गीतको सन्दर्भ विश्लेषण मूलसमस्यामा केन्द्रित छ भने यसको विश्लेषण गीतमा विद्यमान वैयक्तिक, भौतिक र संज्ञानात्मक सन्दर्भका आधारमा भएको छ । गुणात्मक अनुसन्धानविधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा विश्लेषणविधिको उपयोग भएको छ । सङ्कथन अध्ययनअन्तर्गत सन्दर्भ विश्लेषण यस लेखको सैद्धान्तिक आधार हो । पाठनिष्ठ अर्थ निर्धारणका लागि लेखकले अभिव्यक्तिका माध्ययमबाट वैयक्तिक, भौतिक र संज्ञानात्मक सन्दर्भको सहयोग लिएको हुन्छ । धर्मराज थापाको लेखन तथा तारादेवीको आवाजमा स्वराङ्कन भएको कालीपारे दाइ कति राम्रो शीर्षकको गीति सङ्कथनमा वैयक्तिक, भौतिक र संज्ञानात्मक सन्दर्भको प्रभावकारी संयोजन भएको छ । वैयक्तिक सन्दर्भको प्रेरकका रूपमा देखादेखी हुँदा पनि बिचमा बग्ने कालीगङ्गाका वारिपारि भै रहनुपरेको परिस्थितिमा सँगै बस्न नपाउँदाको समाख्याताको मनको तुलबुली र कारकका रूपमा जवानीको चढ्दो अवस्थाका प्रेमिल अनुभूति गर्ने समाख्याताको भूमिका सशक्त छ । समाख्याताका रूपमा उपस्थित नायिकामा अनुरक्ति जगाउने ‘ढाकाटोपी र काँधमा गलबन्दी’ले सजिएका नायकको भूमिका नेपथ्यमा छ । गीतको वैयक्तिक सन्दर्भ प्रेममय भावनाले वशीभूत पर्दाको स्थितिवर्णनमा केन्द्रित छ । गीतको संज्ञानात्मक सन्दर्भ बयली खेल्दै खोली तरेर भेट्न पुग्दा पनि मन पर्ने मान्छेसित मन खोल्न नसक्नाको कारणसँग सम्बन्धित छ । गीतले समाख्याता र उसको नेपथ्यमै रहेको नायक वारिपारि हुनाले राम्रो लागेर अनि रहर गरेर पनि ‘भेट होला कि’भन्दै पर्खंदै आफ्नो जूनी बितेको अभिव्यक्तिका साथ समाख्याताको मनले भोग्न नपाएको प्रेमको कुण्ठामा असमञ्जस्यको स्थिति रहेको भावलाई सन्दर्भसँग सम्पृक्त गरेको छ । भौतिक सन्दर्भका रूपमा जवानीमा नारी–पुरूष परस्पर प्रेमजन्य भावनामा पर्ने अवस्था, क्रियाकलाप र प्रेमको भोगका खातिर मनमा पैदा हुने इच्छा एवम्म् उक्त रहरको नैसर्गिक पूर्ति सहज हुन नपाउँदाको अवस्थालाई प्रस्तुत गरिएको छ । संज्ञानात्मक सन्दर्भका रूपमा कुनै पनि सामाजिक/सांस्कृतिक कारण बिना नै एक्लिएको समाख्याताको मानसिकतामा रहेको मानसिक उद्वेलनको प्रभावकारी चित्रण भएको विषयमा विमर्श भएको छ ।

Abstract
334
PDF
0

Author Biography

रेखा Rekha रेग्मी Regmi, म्याग्दी बहुमुखी क्याम्पस, बेनी

नेपाली तथा नेपाली शिक्षा विषय समिति

Downloads

Published

2023-09-30

How to Cite

कालीपारे दाइ कति राम्रो गीतको सन्दर्भ विश्लेषण. (2023). Medha: A Multidisciplinary Journal, 6(1), 123-130. https://doi.org/10.3126/medha.v6i1.63967

Issue

Section

Articles

How to Cite

कालीपारे दाइ कति राम्रो गीतको सन्दर्भ विश्लेषण. (2023). Medha: A Multidisciplinary Journal, 6(1), 123-130. https://doi.org/10.3126/medha.v6i1.63967