‘मधेसतिर’ कथामा परिवेश

Authors

  • अविलाल Abilal शाह Shaha नेपाल तथा एसियाली अनुसन्धान केन्द्र

Keywords:

वस्तुजगत, कथाकाल, चित्तवृत्ति, पाठकीय प्रभाव, मनोदशा, Bastugajat, kathakal, Manodasha

Abstract

प्रस्तुत लेखमा कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘मधेसतिर’ कथाको परिवेशको अध्ययन गरिएको छ । आर्थिक तथा मनोवैज्ञानिक समस्यालाई मुख्य विषयवस्तु बनाएर लेखिएको यस कथामा स्थानगत, समयगत र वातावरणगत परिवेशको खोजी गर्ने कार्यमा यो लेख केन्द्रित छ । यसका लागि कथाका मुख्य तत्वहरूमध्ये परिवेशलाई सैद्धान्तिक अवधारणाका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचा र विश्लेषणात्मक विधिको अवलम्बन गरिएको यस आलेखमा कथाका घटना घट्ने र पात्रले कार्यव्यापार गर्ने ठाउँ, समय र वातावरणको कथांशसाक्ष्यका आधारमा विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । मूलतः यस कथामा सुनकोशी र तामाकोशीको सङ्गमदेखि दक्षिणतिरको मैदानसम्म पुग्दा पात्रहरूले तयार गरेको दुई दिने यात्रामा पर्ने बाटो, नदीनाला, डाँडापाखा, मैदान आदि स्थानगत परिवेश, कथामा वर्णित बिहान, दिन, रात आदि सार्वकालिक समय तथा राणाकालीन ऐतिहासिक समयसन्दर्भ समयगत परिवेश र आर्थिक तथा यौन अतृप्तिका कारण कथाका पात्रका मनमा उब्जेका उत्साह, निराशा, क्रोध, घृणा, विस्मय आदि मनोभावहरू वातावरणगत परिवेशका रूपमा आएका छन् । यस्ता परिवेशले घटना र कार्यव्यापारको प्रस्तुतिलाई सहज तुल्याएको निष्कर्षमा पुगिएको छ ।

Abstract
330
PDF
0

Author Biography

अविलाल Abilal शाह Shaha, नेपाल तथा एसियाली अनुसन्धान केन्द्र


उपप्राध्यापक

Downloads

Published

2023-09-30

How to Cite

‘मधेसतिर’ कथामा परिवेश. (2023). Medha: A Multidisciplinary Journal, 6(1), 107-113. https://doi.org/10.3126/medha.v6i1.63965

Issue

Section

Articles

How to Cite

‘मधेसतिर’ कथामा परिवेश. (2023). Medha: A Multidisciplinary Journal, 6(1), 107-113. https://doi.org/10.3126/medha.v6i1.63965