नेपाली भाषाका सन्दर्भमा वाक्क्रियाको सिद्धान्त
DOI:
https://doi.org/10.3126/madhyabindu.v10i1.75625Keywords:
वाक्क्रिया, लोक्युसनरी, इल्लोक्युसनरी, पर्लोक्युसनरी, सर्तAbstract
प्रस्तुत लेख नेपाली भाषाका सन्दर्भमा वाक्व्रिmयाको सिद्धान्तको अध्ययनमा केन्द्रित रहेको छ । यस लेखमा आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । गुणात्मक ढाँचामा आधारित रहेको यस लेखमा विभिन्न उदाहरणका माध्यमबाट वाक्व्रिmया सिद्धान्त र त्यसको अवधारणालाई स्पष्ट पारिएको छ । प्रस्तुत लेखमा अस्टिन र सर्लले वाक्व्रिmयाका बारेमा प्रस्तुत गरेको अवधारणालाई नेपाली
भाषाका वाक्यको सन्दर्भबाट स्पष्ट पारिएको छ । प्रस्तुत लेखमा जे.एल. अस्टिनले वाक्व्रिmयाका बारेमा अध्ययन गर्दा सूचनामूलक र सम्पादनकारी व्रिmयाको चर्चा गर्दै सम्पादनकारी व्रिmयालाई वाक्व्रिmयाका रूपमा प्रस्तुत गरेका र तिनै सम्पादनकारी व्रिmयाले सूचनासँगै कार्य सम्पादनसमेत गरेको हुन्छ भन्ने सिद्धान्तलाई नेपाली भाषाका सन्दर्भबाट स्पष्ट पारिएको छ । यस्ता सम्पादनकारी व्रिmया प्रथम पुरुष, निश्चयार्थक र वर्तमान कालमा हुनुपर्ने र वाक्व्रिmया सम्पन्न हुनका लागि ‘व्यक्ति र स्थानको उपयुक्तता’, ‘कार्यको पूर्णता र उपयुक्तता’ र ‘आशयको उपयुक्तता’ जस्ता सुहाउँदा सर्त पनि आवश्यक पर्छ भन्ने सिद्धान्तलाई पनि नेपाली भाषाका सन्दर्भबाट स्पष्ट पार्ने कार्य यस लेखमा गरिएको छ । जे. आर. सर्लले अस्टिनले अघि सारेको वाक्व्रिmयाका बारेमा विस्तृतरूपमा चर्चा गर्दै जुनसुकै व्रिmया पनि सम्पादनकारी हुन्छ भन्दै कार्य सम्पादनका आधारमा वाक्व्रिmयालाई निश्चयार्थक, निर्देशनात्मक, प्रतिज्ञामूलक, अभिव्यक्तिमूलक, घोषणात्मक तथा भाषिक संरचना र अर्थका आधारमा प्रत्यक्ष र अप्रत्यक्ष वाक्व्रिmया गरी विभाजन गरेका प्रकारलाई समेत उदाहरणका माध्यमबाट स्पष्ट पार्ने काम यस लेखमा गरिएको छ । सर्लले भाषिक उच्चारणका व्रmममा व्रिmयाले गर्ने तीनओटा कार्य (लोक्युसनरी व्रिmया, इल्लोक्युसनरी व्रिmया र फर्लोक्युसनरी व्रिmया) उल्लेख गरेका छन् र उनले प्रतिज्ञप्तिपरक पूर्वतयारी, सद्भावना र अत्यावश्यक सर्त गरी चारओटा सर्तको कुरा गरेका छन् भन्ने सिद्धान्तका आधारमा नेपाली भाषाका उदाहरणलाई राखेर वाक्व्रिmयालाई स्पष्ट पार्ने काम यस लेखमा गरिएको छ । यस लेखमा मुख्यरूपमा यिनै अस्टिन र सर्लले स्थापित गरेको वाक्व्रिmयाको सिद्धान्तअनुरूप नेपाली भाषाका वाक्यले कसरी काम गरेका हुन्छन् भन्ने कुरा स्पष्ट पारिएकाले वाक्व्रिmया सिद्धान्तको नेपाली सन्दर्भ प्रस्ट पार्ने कार्य गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Madhyabindu Journal
The work is simultaneously licensed under a policy and procedure of Madhyabindu Journal, which permits others to distribute the work with an acknowledgement of the work's authorship and initial publication in this journal. With an acknowledgement of its original publication in this journal, authors can enter into separate, extra contractual arrangements for the non-exclusive dissemination of the journal's published version of the work (e.g., posting it to an institutional repository or publishing it in a book).