विद्यालय तहमा एकाङ्की शिक्षणप्रति शिक्षकका अनुभव

Authors

DOI:

https://doi.org/10.3126/madhyabindu.v10i1.75624

Keywords:

अभिनय, दृश्यकाव्य, मनोरञ्जनात्मक विधा, रङ्गमञ्चीय कला, रूपक, संवादात्मक संरचना

Abstract

एकाङ्की पात्रका माध्यमबाट अभिनय गरिने संवादात्मक संरचना हो । यो कथानक, पात्र, जीवनजगत्को अनुकरण, कार्यव्यापारको प्रस्तुतीकरण, संवादात्मक तथा अभिनेयात्मक रचना भएकाले संवादका माध्यमबाट जीवनका विविध व्रिmयाकलापको अनुकरण गरी अभिनयमूलक रूपमा दर्शक वा पाठकका निम्ति प्रस्तुत गरिने मनोरञ्जनात्मक विधा हो । यो एउटै उद्देश्य, एउटै घटना, विषयगत एकोन्मुखता र निश्चित उद्देश्य भएको विधा हो । यस लेखको उद्देश्य माध्यमिक विद्यालय कक्षा ११ र १२ मा ऐच्छिक नेपाली विषय अध्ययपन गर्ने शिक्षकका एकाङ्की शिक्षणप्रतिका अनुभव पहिचान गरी विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यस लेखमा अध्ययनका लागि दशजना नेपाली शिक्षकलाई सहभागी गराइएको छ र अन्तरवार्ताका आधारमा तथ्य सङ्कलन गरिएका छन् । द्वितीयक स्रोतका रूपमा पुस्तकालयीय कार्यबाट सैद्धान्तिक सामग्री सङ्कलन गरी उक्त तथ्यहरूको विश्लेषण गरिएको छ । शिक्षकले बताएअनुसार एकाङ्की शिक्षणलाई भाषाशिक्षण सिकाइसँग जोड्नुपर्दछ । विद्यार्थीका शैक्षिक तथा मनोवैज्ञानिक स्तरअनुसार समयसापेक्ष हुने गरी एकाङ्कीको छनोट र स्तरण गर्नुपर्दछ । यस अध्ययनमा कक्षाको परिस्थिति, एकाङ्कीको गहनता तथा विद्यार्थीका कक्षागत स्तरलाई दृष्टिगत गरी एक वा बढी शिक्षण विधि अँगाल्न सकिने निचोड निकालिएको छ । यो अध्ययन शिक्षक, विद्यार्थी, साहित्यप्रेमी तथा पाठकवर्गलाई उपयोगी हुने अपेक्षा गरिएको छ

Downloads

Download data is not yet available.
Abstract
16
PDF
10

Downloads

Published

2025-02-17

How to Cite

Pantha, N. P. (2025). विद्यालय तहमा एकाङ्की शिक्षणप्रति शिक्षकका अनुभव. Madhyabindu Journal, 10(1), 171–181. https://doi.org/10.3126/madhyabindu.v10i1.75624

Issue

Section

Articles