सुलोचना महाकाव्यमा अलङ्कार

Authors

  • Dhanapati Koirala Tribhuvan University

DOI:

https://doi.org/10.3126/madhyabindu.v10i1.75618

Keywords:

शब्दालङ्कार, अर्थालङ्कार, काव्यास्वादन, उक्तिवैचित्र्य

Abstract

शुक्लयजुर्वेद, उपनिषद्, रामायणहरूदेखि साहित्यका हरेक विधाहरूमा अलङ्कारको प्रयोग गरिएको छ । अलङ्कारको स्वस्पूmर्त तथा प्राकृत प्रयोगले कृति सुन्दर, आस्वाद्य तथा मार्मिक बन्न पुग्ने शास्त्रीय तथा व्यावहारिक मान्यता रहेको छ । यस सन्दर्भमा माध्यमिक तहअन्तर्गत कक्षा ११ को ऐच्छिक नेपाली, त्रिवि, नेसंवि, पूवि. आदिका स्नातक तथा स्नातकोत्तर तहका ऐच्छिक नेपाली विषयका पाठ्यक्रममा अलङ्कार शास्त्र समावेश गरिएको छ । यी विश्वविद्यालयका स्नातक तहमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना (२००२) महाकाव्य पनि समावेश गरिएको छ । अलङ्कार शास्त्रको शास्त्रीय शिक्षण उक्त कृतिका पद्यहरूबाट गर्दा प्रभावकारी हुन सक्ने भएकाले त्यसमा रहेका अलङ्कारहरूको पहिचान गरी तिनको व्याख्या विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । यसमा गुणात्मक विधिअन्तर्गत पुस्तकालयीय कार्य गरिएको छ । प्राथमिक सामग्रीका रूपमा सुलोचना (२००२) महाकाव्य र द्वितीयक सामग्रीका रूपमा अलङ्कारसँग सम्बद्ध शोधग्रन्थ, पुस्तक तथा लेखहरू उपयोग गरिएका छन् । शब्दालङ्कारअन्तर्गत प्रयोग भएका अनुप्रास (छेकानुप्रास, वृत्यनुप्रास, श्रुत्यनुप्रास र अन्त्यानुप्रास) तथा यमकले कृतिको शैलीशिल्पगत सौन्दर्य अभिवृद्धि गर्नमा उल्लेख्य भूमिका खेलेका छन् । अर्थालङ्कारअन्तर्गत उपमा, रूपक, उत्प्रेक्षा, समासोक्ति, अतिशयोक्ति, स्वभावोक्ति, छेकोक्ति, सार, दृष्टान्त, सङ्कर, अधिक, परिकर, परिकराङ्कुर, श्लेष, काव्यलिङ्ग, व्याजस्तुति, अनुमान, उत्तर, प्रेय, विनोक्ति, सहोक्ति, विरोधाभास र अन्योन्य अर्थालङ्कारको सुन्दर संयोजनले कृति उत्कृष्ट बन्न पुगेको छ । आख्यान तत्त्वसँगै स्वतःस्पूmर्त रूपमा प्रवाहित भएर बगेका यी अलङ्कारहरू कृत्रिम नभई सहज र सरल देखिएका छन् । यसमा पहिचान भएका अलङ्कारयुक्त पद्यहरू अलङ्कार सिद्धान्तको शिक्षण गर्न, अलङ्कारका दृष्टिले सम्बद्ध कृतिको विश्लेषण गर्न तथा शोधकार्य गर्ने शोधार्थीहरूलाई समेत अनुसन्धानमूलक कार्य गर्नमा सहयोगी हुन सक्तछन् ।

Downloads

Download data is not yet available.
Abstract
10
PDF
9

Downloads

Published

2025-02-17

How to Cite

Koirala, D. (2025). सुलोचना महाकाव्यमा अलङ्कार. Madhyabindu Journal, 10(1), 91–109. https://doi.org/10.3126/madhyabindu.v10i1.75618

Issue

Section

Articles