मात्रिक छन्दको सैद्धान्तिक तथा प्रयोगात्मक प्रारूप

Authors

  • Dhanapati Koirala Tribhuvan University

DOI:

https://doi.org/10.3126/madhyabindu.v9i1.65383

Keywords:

उद्गीति, आर्यागीति, प्लवङ्गम, लक्षणग्रन्थ, अद्र्धसममात्रिक

Abstract

कविता काव्यका पाउपाउमा वर्ण र मात्राको निश्चित क्रम र सङ्ख्या, मात्राको गणना, गति, यति विधानसँग सम्बन्धित निश्चित नियमहरूका आधारमा पद्यात्मक रचना गरिने विशिष्ट मानदण्ड नै छन्द हो । मात्रिक छन्द र यसका प्रकार उल्लेख गर्नु र तिनका प्रतिनिधिमूलक रूपमा एकएक ओटा लक्षण र तिनको उदाहरण प्रस्तुत गर्नु यस लेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित रही उद्देश्यमूलक नमुना छनोट प्रक्रिया अवलम्बन गरिएको यस लेखमा पुस्तकालयीय कार्य उपयोग गरिएको छ । शास्त्रीय छन्दअन्तर्गत मात्रिकछन्दका चारवटै पाउमा कम्तीमा ३२ मात्राका अष्टिका र मधुभारदेखि १२८ मात्रासम्मका लीलावती छन्दसम्मका जम्मा ४४ छन्दको चर्चा गरिएको छ । यीमध्ये अष्टिका, पज्झटिका, चौपाई, लीलावती, पादाकुलक, रोला, गीति, दोहा, चौबोला, द्विपदी, आर्या र उद्गीतिछन्दहरू उपयोग गरी उत्कृष्ट कविता काव्यसृजना गरिएका छन् । सममात्रिकका मधुभार, दीपक, आभीर, रसिका, हाकलि, सुनसान, अडिल्ला, उपचित्रा, चित्रा, मात्रासमक, वानवासिका, विश्लोक, प्लवङ्गम, सगरमाथा, घत्ता, हीर, वीर, हरिगीता, स्कन्धक, झुल्लाना, अद्र्धसममात्रिकका सोरठा, उपगीति, चुलिआला, अम्बिका र विषममात्रिकका गाहिनी र सिंहनी छन्दको लक्षणका साथै तिनको उदाहरण पनि विभिन्न लक्षणग्रन्थबाट दिइएको छ । सममात्रिकका अचलधृति, शिखाज्योति र शिखासौम्य, अद्र्धसममात्रिक छन्दको चूलिका छन्द पनि उल्लेख गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
28
PDF
11

Downloads

Published

2024-05-03

How to Cite

Koirala, D. (2024). मात्रिक छन्दको सैद्धान्तिक तथा प्रयोगात्मक प्रारूप. Madhyabindu Journal, 9(1), 24–47. https://doi.org/10.3126/madhyabindu.v9i1.65383

Issue

Section

Articles