एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण

Authors

  • धनपति कोइराला TRIBHUVAN UNIVERSITY, MADHYABINDU MULTIPLE CAMPUS

DOI:

https://doi.org/10.3126/madhyabindu.v7i1.54237

Keywords:

सम्बद्धक, पश्चसन्दर्भक, प्रतिस्थापन, पुनरावृत्ति, संसक्ति

Abstract

सङ्कथन भनेको वाक्यको निरन्तर प्रवाह हो । सम्बद्धक र सम्बद्धन यसका प्रकारहरू हुन् । सम्बद्धकका व्याकरणिक र कोशीय दुई प्रकार हुन्छन् । सम्बद्धनका विभिन्न युक्तिहरू छन् । यिनका आधारमा कथ्य तथा लेख्य पाठको प्रयोगपरक रूपमा विश्लेषण गर्ने प्रायोगिक भाषाविज्ञानको एउटा महत्त्वपूर्ण शाखालाई सङ्कथन विश्लेषण भनिन्छ । यसले साहित्य र साहित्येतर सङ्कथन पाठको सूक्ष्म विश्लेषण गर्दछ । यौटा विचारको यात्रापथ आयामेली कथाकार इन्द्रबहादुर राईद्वारा लिखित कथा हो । यसलाई त्रिभुवन विश्वविद्यालयको स्नातक तह द्वितीय वर्षको पाठ्यवस्तुका रूपमा समावेश गरिएको छ । सम्बद्धकका आधारमा उक्त कथाको विश्लेषण गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । यसमा गुणात्मक अनुसन्धान विधिको उपयोग गरिएको छ । यसमा अग्रसन्दर्भक रहेको छ । प्रथम, द्वितीय तथा तृतीय तीववटै पुरुषवाचक सार्वनामिक पदको प्रयोग गरिएको छ । यसमा स्थानिक सम्बद्धक तेईसवटा, कालिक सम्बद्धक अठारवटा रहेका छन् । प्रतिस्थापन सम्बद्धकअन्तर्गत दशवटा, पुनरावृत्ति सम्बद्धकअन्तर्गत पाँचवटा शब्दहरू, संयोजन सम्बद्धकअन्तर्गत दशवटा शब्दहरू लोपसम्बद्धकअन्तर्गत तेह्र स्थानमा पद तथा पदावली र निपात सम्बद्धकअन्तर्गत ‘नै’ पद उपयोग भएका छन् । कोशीय सम्बद्धकअन्तर्गत पर्यायवाचीका रूपमा पाँच शब्दयुगल उपयोग भएका छन् । विपरीतार्थी सम्बद्धकअन्तर्गत एघार शब्दयुगल, अनेकार्थीसम्बद्धक अन्तर्गत तेह्रवटा शब्दहरू, समावेशी सम्बद्धकअन्तर्गत क्रमशः कालवाचक बाह्रवटा, स्थानवाचक एघारवटा, खाद्यसँग सम्बन्धित पाँच, आदर्श र दानसँग सम्बन्धित तीन तीनवटा शब्दहरू प्रयोग भएका छन् । श्रुतिसमभिन्नार्थी सम्बद्धकअन्तर्गत दुई शब्दयुगल र चारवटा एकल शब्दहरू प्रयोग भएका छन् । बाबु र आमा शब्दको धेरैपटक पुनरावृत्ति गरिए पनि तिनका स्थानमा कुनै शब्द प्रतिस्थापित गरिएको छैन । फेरीवाल शब्दको केही स्थानमा ऊ, उनीहरू, तिनीहरूद्वारा प्रतिस्थापन गरिए पनि फरक फरक अनुच्छेदमा र एउटै अनुच्छेदभित्र पनि उही शब्दको पुनरावृत्ति गरिएको छ । पुनरावृत्ति भएका ती पदहरूले अर्थबोध तथा संरचनागत समन्वितिमा अवरोध गर्नुभन्दा प्रभावकारिता थपेको छ । सम्बद्धक प्रयोगका दृष्टिले प्रस्तुत सङ्कथनपाठ सन्तुलित एवम् संसक्तियुक्त रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF
30

Downloads

Published

2022-12-31

How to Cite

कोइराला ध. . (2022). एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण. Madhyabindu Journal, 7(1), 11–26. https://doi.org/10.3126/madhyabindu.v7i1.54237

Issue

Section

Articles