सामा चकेवाको सौन्दर्य बोध
DOI:
https://doi.org/10.3126/lp.v2i2.90344Keywords:
मिथिला संस्कृति, मिथिला लोककला, लोकमूर्तिकला, लोकनाट्य, महिलाको कलाAbstract
सामा चकेवासँग सम्बन्धित यस अध्ययनले मिथिला क्षेत्रमा मनाइने सामा चकेवा पर्वमा प्रयोग हुने कलाकृतिको सौन्दर्यपरक व्याख्या र विश्लेषण गरेको छ । सामा चकेवामा विद्यमान सौन्दर्यको बोधका लागि यस लेखले सामाजिक सांस्कृतिक, प्रस्तुतिमूलक तथा प्रतीकात्मक आयामलाई आधार बनाएको छ । यिनै तीन आयामबाट सामा चकेवाभित्रको सौन्दर्यको खोजी गर्ने काम यस अध्ययनमा भएको छ । त्यसका लागि आवश्यक पर्ने जानकारीमूलक सामग्रीहरू मूलतः भौतिक र विद्युतीय पुस्तकालयहरूबाट सङ्कलन गरिएको छ भने सामग्रीहरूको विश्लेषणका लागि साक्ष्यमा आधारित गुणात्मक विधि अपनाइएको छ । यस लेखको मुख्य उद्देश्य सामा चकेवामा निहित सौन्दर्यको खोजी गर्नु हो । त्यसका लागि सामा चकेवासँग गाँसिएको मिथक वा लोककथा, पर्व मनाउने विधि वा प्रक्रिया र त्यस अवसरमा निर्माण र प्रयोग गरिने कलाकृतिहरूको अध्ययन गरिएको छ । प्रस्तुत अध्ययनमा सामा चकेवामा निहित सौन्दर्यबोधलाई सामाजिक–सांस्कृतिक, प्रस्तुतिमूलक तथा प्रतीकात्मक पक्षहरूबाट विश्लेषण गरिएको छ । सामाजिक सांस्कृतिक पक्ष अन्तर्गत सामूहिकता, जीवन्तता, लैङ्गिकता, व्यावहारिकता, नातासम्बन्ध र जिम्मेदारीमाथि केन्द्रित भई सौन्दर्यको खोजी गरिएको छ भने प्रस्तुतिमूलक कलाका रूपमा यसको विश्लेषण गर्दा यसभित्र समेटिएका नाचगान, मूर्तिकला, अरिपन र लोकनाट्यको सहअस्तित्वलाई खोजिएको छ । प्रतीकात्मक सौन्दर्यको खोजी गर्ने क्रममा पात्र तथा रङ्गीन मूर्तिहरूले अभिव्यक्त गर्ने अर्थको पहिचान गरिएको छ । यस अध्ययनले मैथिल लोककला र अनुष्ठानहरूको सौन्दर्यात्मक पक्षलाई थप गहिराइमा बोध गर्नका लागि आधार प्रदान गर्दछ । यस लेखले मैथिली लोककला वा संस्कृति सम्बन्धी भविष्यमा गरिने अनुसन्धानका लागि महत्त्वपूर्ण आधारहरू प्रदान गरेको छ । नेपाल र भारत दुवै देशको साझा संस्कृतिका रूपमा रहेको सामा चकेवाको सौन्दर्य पक्षलाई पर्गेल्ने काम गरिएको यस लेखले दुवै देशका लोक कला र लोक संस्कृतिका क्षेत्रमा जिज्ञासा राख्ने हरेक जिज्ञासु पाठक, अध्येता, अनुसन्धाता, प्राध्यापक, शोधार्थी लगायतलाई नेपाली भाषाको महत्त्वपूर्ण सामग्रीका रूपमा प्राज्ञिक योगदान गर्ने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.