जीवनोपयोगी परम्परागत कलाप्रविधिहरू
DOI:
https://doi.org/10.3126/lp.v2i2.90343Keywords:
कलात्मक प्रविधि, हस्तकला, परम्परागत प्रविधिAbstract
कला सँगसँगै परम्परागत जीवनशैली र व्यवहार समाजमा गाँसिएको हुन्छ । मानव दैनिक जनजीवनमा प्रयोग हुने थुप्रै परम्परागत प्रविधिहरू छन् । कुनै कुराको निर्माणमा वैज्ञानिक ढङ्गले गरिने काम, पद्धति, सिप, ढङ्ग वा कौशल नै प्रविधि हो र त्यो परम्परादेखि नै जनसमाज चलेको छ भने त्यसलाई परम्परागत प्रविधि भनिन्छ । यस्ता परम्परागत प्रविधिहरू उपयोगितामूलक, कलात्मक हिसाबले विशिष्ट छन् । यिनले मानवीय सिप र सिर्जनात्मक क्षमतालाई प्रतिविम्बित गर्छन् । परम्परागत रूपमा चल्दै आएका यी सामग्रीले हस्तकला र प्रविधि गरी दुवै पक्षलाई समेट्छन् । यस्ता प्रविधियुक्त सामग्रीहरू मानवको आफ्नै मौलिक ज्ञान, सिप र अनुभवका उपज हुनाले तिनले समाजमा आत्मनिर्भरता बढाएर सांस्कृतिक पहिचानलाई बलियो बनाएका छन् । प्राचीन समयदेखि प्रयोग हुँदै आएका यी प्रविधिहरू आधुनिक समयमा सङ्कटमा परेका छन् । यस्ता परम्परागत प्रविधिको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्दै यिनलाई आधुनिकीकरण गरी संरक्षण गर्नु आवश्यक छ । जीवननिर्वाहमा सरलता ल्याउने यस्ता प्रविधिमा ढिकी, जाँतो, घट्ट, मही मथ्ने ठेकी र मदानी, चोयाचित्रो, हलोजुवा, डोको, नाम्लो, कुचो, कोल, फलामका सामान, माटाका भाँडा, टपरी, हँसिया, खुर्पेटो, गुन्द्री, काठका भाँडा, दमाहा उल्लेखनीय छन् । यी प्रविधिले व्यक्ति, घरपरिवार, समाज र राष्ट्रलाई सहयोग पु¥याएका छन् । परम्परागत प्रविधिले जीविकोपार्जनमा कसरी सहयोग पु¥याउँथे, यी प्रविधि हाल कस्तो अवस्थामा छन्, भन्ने समस्याको समाधान गर्ने काम यस लेखमा भएको छ । त्यसका लागि परम्परागत सिप, प्रविधि र कलाको विषयमा लेखिएका वा प्रकाशित भएका लेख, शोधपत्र, नीतिपत्रलाई उपयोग गरिएको छ । पुस्तकालय र स्थानीय स्तरमा पुगेर सामग्रीलाई लिनुका साथै कलाकार, कारिगढ वा समुदायसँग आवश्यकताअनुसार अन्तर्वार्ता, फोटो, भिडियोबाट समेत सामग्रीको सङ्कलन गरी जीवनोपयोगी परम्परागत कलाप्रविधिलाई चिनाउँदै यस्ता कलाप्रविधिले सामाजिक, आर्थिक तथा सांस्कृतिक चेतनाको निरन्तरतामा महत्त्वपूर्ण योगदान दिएको निष्कर्ष निकालिएको छ । नेपाली समाजले युगौँदेखि उपयोग गरिरहेको परम्परागत कलालाई परिचित गराउने अनि तिनको ऐतिहासिक, सांस्कृतिक, र सामाजिक महŒव उजागर गर्ने काम यस लेखमा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.