मन्दिरका टुँडालहरूमा उत्कीर्ण रतासन मूर्तिहरूको तान्त्रिक वैशिष्ट्य

Authors

  • Madhav Prasad Lamichhane

DOI:

https://doi.org/10.3126/lp.v2i2.90341

Keywords:

कामकला, जगदानन्द, यामलभाव, रतासन, रसानन्दसमाधि

Abstract

कामकलासम्बन्धी चिन्तनको बीज सर्वप्रथम ऋग्वेदको नासदीय सूक्तमा पाइन्छ । उक्त चिन्तनलाई विस्तृत आयाम प्रदान गरी त्यसलाई दार्शनिक स्वरूप प्रदान गर्ने र त्यससम्बन्धी चिन्तनलाई साधनाको स्तरमा विकास गर्ने काम भने तान्त्रिक साहित्यमा भएको छ । तŒव एवं मन्त्रले युक्त विपुल ज्ञानराशिलाई विस्तार गर्ने र त्यसरी विस्तारित क्रियात्मक प्रयोगका माध्यमबाट साधकहरूको अभीष्ट पूर्ति गरी उनीहरूको रक्षा गर्ने शास्त्रविशेषलाई तन्त्र भनिन्छ । तन्त्रले जीवन र जगत्लाई यथार्थ मान्दछ र जीवनमा आइपर्ने विभिन्न कष्ट र समस्याहरूको निराकरण गरी यसै जीवनमा मुक्तिको आस्वादन गर्न सकिन्छ भन्ने धारणा राख्दछ । तान्त्रिक साहित्यमा कामकलाको दार्शनिक विवरण पाइन्छ । तन्त्रदर्शनअनुसार सृष्टिको परिवर्तनरहित, स्थिर एवं नित्य संवित् तत्त्वभित्र गति, अस्थिरता एवं विभिन्न रूपान्तरण तथा नामरूपात्मक रचनाको आनन्दात्मक अभिनय, कलाको विलास वा आत्मप्रकाशन हो । सृष्टितत्त्वभित्र निहित सोही आनन्दलाई नै काम संज्ञा दिइएको छ र त्यसैको बाह्यप्रकटीकरण नै कामकला हो । सोही कामकलाको चिन्तनमा आधारित रतासन मूर्तिहरू नेपालका विभिन्न मन्दिरका टुँडालहरूमा उत्कीर्ण गरिएका पाइन्छन् । नेपाली मूर्तिकलाको अध्ययनका क्रममा ती कलामा परेको तान्त्रिक प्रभावका विषयमा उल्लेख भएको भए तापनि तान्त्रिक सिद्धान्तका आधारमा विश्लेषण भएको छैन । यस शोधलेखमा कामकलासम्बन्धी चिन्तनको सैद्धान्तिक आधार प्रस्तुत गर्दै नेपाली मूर्तिकलामा भएको त्यसको प्रयोगका केही नमुनाहरू र तान्त्रिक सिद्धान्तका आधारमा तिनको वैशिष्ट्यको विश्लेषण गरिएको छ । त्यसैले नेपालका विभिन्न मन्दिरका टुँडालहरूमा उत्कीर्ण रतासन मूर्तिहरूको तान्त्रिक वैशिष्ट्यको उद्घाटन गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य हो । प्रस्तुत शोधलेखबाट यससम्बन्धी अध्ययनमा रुचि राख्ने पाठक, तन्त्रशास्त्रका विद्यार्थी, संस्कृतिकर्मी एवं यससम्बन्धी अनुसन्धानमा प्रवृत्त व्यक्तिहरूलाई प्राज्ञिक लाभ हुनेछ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2026-02-03

How to Cite

Lamichhane, M. P. (2026). मन्दिरका टुँडालहरूमा उत्कीर्ण रतासन मूर्तिहरूको तान्त्रिक वैशिष्ट्य. Lalitkala Pragya ललितकला प्रज्ञा, 2(2), 51–61. https://doi.org/10.3126/lp.v2i2.90341

Issue

Section

Articles