मूर्तिकलामा मानवाकृतिको निरपेक्षता
DOI:
https://doi.org/10.3126/lp.v2i2.90340Keywords:
मानव आकृतिविहीनता, आधुनिक मूर्तिकला, पश्चिमी कला, कला आन्दोलन, सैद्धान्तिक विमर्शAbstract
मूर्तिकलामा मानव आकृतिको निरपेक्षताले परम्परागत मानव–केन्द्रित दृष्टिकोणलाई तोड्दै मानव आकृतिको प्रभुत्वलाई केन्द्रबाट हटाएर कलामा सौन्दर्यपरक, सांस्कृतिक र दार्शनिक व्याख्याका नयाँ सम्भावनाहरू खोलिदिएको छ । प्रस्तुत अध्ययनको मूल उद्देश्य प्राचीन कालदेखि मूर्तिकलामा प्रचलित मानव केन्द्रित विषयवस्तुको पृष्ठभूमिमा बिसौं शताब्दीको दोस्रो दशकबाट सुरु भएको आकृति निरपेक्षताको प्रवृत्तिलाई उजागर गर्नु हो । यस अध्ययनमा विषयसँग सम्बन्धित प्रकाशित पुस्तकहरू, तस्बिरहरू तथा अन्य स्रोतहरूका आधारमा मूर्तिकलामा मानव आकृतिको निरपेक्षताको अवस्थाको मूल्याङ्कन व्याख्यात्मक र विश्लेषणात्मक पद्धतिमार्फत् अनुसन्धान गरिएको छ । बीसौं शताब्दीको आरम्भसँगै देखा परेका कलाक्षेत्रमा विविध आन्दोलनहरूले परम्परागत मानव आकृतिलाई चुनौती दिँदै अमूर्त तथा गैर–आकृतिमूलक मूर्तिकलाको विकास गरेको पाइन्छ । स्वप्नवाद, घनवाद, दादावाद, संरचनावाद, अर्गानिक एब्स्ट्राक्सन, पप आर्ट, मिनिमालिजम तथा त्यसपछि देखा परेका पोष्ट–मिनिमालिस्ट प्रवृत्तिहरू मूर्तिकलामा मानव आकृति निरपेक्षता निम्त्याउने प्रमुख आन्दोलनहरू हुन् । यी कला आन्दोलनहरूको प्रभाव क्रमशः विश्वव्यापी रूपमा फैलियो । साथै, प्रविधिको विकास, वैचारिक नवीनता र नयाँ माध्यमहरूको प्रयोगले मूर्तिकलाबाट मानव आकृति टाढिँदै जाने प्रवृत्तिलाई तीव्र बनाएको देखिन्छ । यसरी मूर्तिकलामा मानव आकृतिको निरपेक्षता केवल कलाको परिवर्तनशील चरित्रको प्रतिविम्ब मात्र नभएर समकालीन चेतना र अभिव्यक्तिको स्वरूप पनि हो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.