आधुनिक मूर्तिकलामा नेपाली नारीहरूको सहभागिता
DOI:
https://doi.org/10.3126/lp.v2i2.90337Keywords:
कलाशैली, अनुपात, प्रतिमा लक्षण, नारी भावनाAbstract
कुनै विषय र भावनालाई ठोस वस्तुका रूपमा आकर्षक आयाममा प्रस्तुत गरिएको कला नै मूर्तिकला हो । यसै क्रममा परम्परागत विषयवस्तु र कलाशैलीलाई तोडेर वर्तमान युगचेत सहित नवीन स्वरूपका मूर्तिको सिर्जना गर्नु नै आधुनिक मूर्तिकला हो । नेपालमा आधुनिक मूर्तिकलाका क्षेत्रमा क्रियाशील नारी मूर्तिकारको सङ्ख्या पुरुष मूर्तिकारका तुलनामा निकै कम रहेको छ । तीमध्ये कतिपय नारी मूर्तिकारहरू कार्यशालामा सहभागी भएर मात्र आधुनिक मूर्तिकलाको अभ्यास गर्छन् । नेपालमा चलिआएको परम्परागत मूर्तिकलाको धातु कला, प्रस्तरकलामा पनि महिला मूर्तिकारको नाम पाइँदैन । आधुनिक समयमा पनि मूर्तिकलाका क्षेत्रमा नारी सहभागिता कम हुनुको कारण के हो, नेपाली आधुनिक मूर्तिकलाका क्षेत्रमा नारी सहभागिताको स्थिति के कस्तो छ भन्ने विषयमा अनुसन्धान भएको देखिँदैन । यस लेखमा सो सम्बन्धी तथ्यहरूको सङ्कलन गरी आधुनिक मूर्तिकलामा नारी मूर्तिकारको सहभागिताका विषयमा अध्ययन गरिएको छ । यस लेखमा भौतिक तथा विद्युतीय पुस्तकालयहरूबाट आवश्यक सामग्रीको सङ्कलन गरिएको छ । यसरी सङ्कलन गरिएका सामग्रीहरूलाई आधुनिक मूर्तिकलाका मान्यताका आधारमा विश्लेषण गरिएको छ । यस्तो विश्लेषण स्रष्टाकेन्द्री हुनाका साथै वर्णनात्मक ढाँचाको रहेको छ । यस अध्ययनले नेपाली आधुनिक मूर्तिकलामा क्रियाशील नारीहरूको परिचय र विशेषताको जानकारी दिनाका साथै मूर्तिकलामा नारीहरूको सहभागिताको कम हुनुका कारण पहिल्याएको छ । यस अध्ययनबाट नेपाली आधुनिक मूर्तिकलामा सक्रिय नारी मूर्तिकारको अवस्थाका बारेमा जानकारी प्राप्त भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.