यादवचन्द्र भुर्तेलका कलामा नारीसौन्दर्य र संस्कृति
DOI:
https://doi.org/10.3126/lp.v2i2.90336Keywords:
सनातन, यथार्थता बोध, सेमीनग्न, मनोविज्ञान, सांस्कृतिक चेतनाAbstract
प्रस्तुत आलेखमा यादवचन्द्र भुर्तेलका कलामा अभिव्यक्त नारीसौन्दर्य र संस्कृतिको अध्ययन गरिएको छ । यादवचन्द्र भुर्तेलका कलाकृति यस अध्ययनको शोधक्षेत्र हो भने नारीसौन्दर्य र संस्कृति शोधसमस्या हो । यादवचन्द्र भुर्तेल विगत छ दशकदेखि कलासाधना गरिरहेका स्थापित कलाकार हुन् । उनले आफ्नो कलासाधनाका क्रममा अनेकानेक विषयमा कलासिर्जन गरिरहेकै छन् । उनका कलाकृतिमा नारीसौन्दर्य र संस्कृति अभिव्यक्ति कसरी भएको छ भन्ने समस्या नै प्रस्तुत अध्ययनको मुख्य समस्या हो । यस समस्याको समाधानका लागि यस शोधलेखमा उद्देश्यमूलक नमुना छनोट विधिबाट भुर्तेलका कलाकृतिको चयन गरिएको छ । यसका साथै कलाविश्लेषणका लागि आवश्यक पुस्तक, लेख, अनुसन्धान आदि सामग्रीहरूको सङ्कलन स्वाध्याय विधिबाट गरिएको छ । चयन गरिएका एक दर्जन कलाकृतिको विश्लेषणका लागि नारी सौन्दर्य र संस्कृतिसँग सम्बन्धित सूचकहरू बनाइएको छ । यस क्रममा कलामा अन्तरनिहित नारीसौन्दर्यको विश्लेषणका लागि मातृत्व सौन्दर्य, श्रम सौन्दर्य, शृङ्गार सौन्दर्य, ग्रामीण सौन्दर्यका विविध आयामबाट उनका कलाकृतिको अध्ययन गरिएको छ । त्यस्तै संस्कृतितर्फ वैदिक सनातन संस्कृति, क्षेत्रीय संस्कृति, श्रम संस्कृतिका आधारमा भुर्तेलका नमुना कलाकृतिको अध्ययन गरिएको छ । विश्लेषणका क्रममा गुणात्मक अनुसन्धान ढाँचाको उपयोग गरिएको छ । अध्ययनबाट यादवचन्द्र भुर्तेल नेपाली समाजमा विद्यमान संस्कार संस्कृतिको सुन्दर चित्रण गर्ने कलाकार भएको अनि उनका कलाकृतिमा नारीसौन्दर्यको अभिव्यक्ति पाइने निष्कर्ष निकालिएको छ । नेपाली नारीजीवनका अनेक रङहरूको अभिव्यक्तिका साथै सहरी जटिलताभन्दा ग्राम्य संस्कृतिको प्रस्तुतिले भुर्तेलका कलाकृतिलाई नेपाली मौलिक संस्कृतिका पक्षधर कलाकारका रूपमा उभ्याएको देखिन्छ । स्थापित कलाकारका कलाकृतिमा रहेको नारीसौन्दर्य र संस्कृतिको विश्लेषण गरिएकाले यो अध्ययन महत्त्वपूर्ण बन्न पुगेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.